नाै गते लाइसेन्स लिन बाेलाउने अनि सर्भरमा समस्या भएकाे भन्दै दिन नसकिने सूचना निकाल्ने?

Jan 20, 2021 04:27 PM merolagani



यातायात व्यवस्था विभागले लाइसेन्स आवेदनका लागि सर्भरमा पुनः समस्या आएको भन्दै लाइसेन्सको अनलाइन फारम भरेकाहरुको ‘भिजिट डेट’ (कार्यालय जाने दिन) सार्यो । एक सूचना जारी गर्दै विभागले साइटको सर्भरमा आएको समस्याले माघ ९ गते सारिएको बताएको छ ।

देखिएका समस्यालाई समाधान नगरी पछिल्लो समय विभागले सूचना मात्रै निकाल्ने काम गर्दै आएको छ ।

केहि हप्तादेखि बिभागले साइट बनाउन थालेकाेले लाखौं सेवाग्राही प्रभावित भएका छन् । 

बषौंदेखि समस्या नै समस्या रहेको यातायात विभागको सेवा सुध्रिन सकेको छैन् । विभागमा पछिल्लो तीन बर्षमा चार जना महानिर्देशक फेरिइसकेका भएपनि कुनैपनि महानिर्देशकले सेवालाई प्रभावकारी बनाउन सकेका छैनन् ।

विभागको सेवामा समस्या नै समस्याका कारण सेवाग्राही आक्रोशित मात्रै छैनन् सम्पूर्ण यातायात कार्यालयको सेवाप्रति नै असन्तुष्टि जनाउँदै आएका छन् । यातायात कार्यालयहरुमा कर बुझाउन जाँदा होस् अथवा सवारी दर्ता÷ट्रायल परिक्षा, कुनैपनि सेवा झन्झट मुक्त छैनन् ।

सेवालाई अनलाइन प्रणालीमा प्रभावकारी रुपमा लैजान नसक्ने यातायात विभागले समग्र यातायात प्रणाली र व्यस्थापन नियामन कसरी गर्ला भन्ने प्रश्न चिन्ह खडा हुन्छ । बषैंदेखि लागू भएको सवारी लाइसेन्स आवेदन कोटा प्रणालीलाई प्रतिस्थापन गर्दै अनलाइन प्रणालीको क्षमता बढाउन बिभागले अहिलेसम्म कुनै कदम चालेको छैन।

बर्षाै पुरानो प्रणाली,अनालाइन सेवा र वेबसाइटलाई समेत अपग्रेड गरी नयाँ भर्सनमा सार्वजनिक गर्न  यातायात विभागले सकिरहेकाे छैन ।

यातायात व्यवस्था विभागमा युवा महानिर्देशकले नेतृत्व सम्हालिरहेको एक बर्ष भन्दा बढी भइसकेको छ । तर,काम भने पुरानै ढर्रामा भइरहेकाे छ ।

गुणस्तरीय यातायात सेवा पर्खिरहेका सेवाग्राहीले यातायातको झुर सेवाले हैरानी मात्रै व्यहोरिरहेको देखिन्छ । छाप्न बाँकी रहेका स्मार्ट लाईसेन्स कोरोना भाइरसका कारण लकडाउन भएको मौकामा प्रिन्ट त भयो तर,९ महिनापछि खोलिएको लाइसेन्स आवेदनको चापलाई कसरी थेग्ने र व्यवस्थापन गर्ने भन्ने बिषयमा कुनै ध्यान पुर्याउन सकेको छैन् ।

तर,कोटा प्रणालीलाई हतियार बनाएर लाइसेन्स आवेदनलाई थुमथुम्याउने काम मात्रै भइरहेको छ । अर्कोतर्फ सवारी लाइसेन्स लाखौं सेवाग्राहीको हातमा पुगिसकेको छ तर, स्मार्टलाइसेन्स रिड गर्ने ट्राफिक प्रहरीहरुलाई कुनै उपकरण वितरण गर्न सकेको छैन् । ट्राफिक प्रहरी अनुमानको भरमा स्मार्ट लाइसेन्स चेकजाच गर्दै हिडिरहेका छन् ।

यातायात व्यवस्था विभाग लगायत प्रदेश यातायात कार्यालयको अपुरो र भरपर्दो सेवा नपाएकै कारण सेवाग्राही जनआक्रोश व्यक्त गरिरहेका छन्। यातायात विभागले अनलाइन सवारी दर्तालाई प्रभावकारी बनाउन सकेको छैन् । हातमा फाइल लिएर विभागका कोठा कोठा धाउनुपर्ने प्रणाली अन्त्य हुन सकेकाे छैन ।

इम्बोस्ट नम्बर प्लेट लागु गर्ने  बिषयकाे अन्योल कायम नै छ । इम्बोस्ट नम्बर प्लेटलाई निरन्तरता दिन यातायात विभाग सक्रिय  छैन ।

सबैभन्दा बढी घुइँचो र सेवाग्राहीको चाप हुने यातायात कार्यालयहरुलाई व्यवस्थापन गर्न न यातायात व्यवस्था विभागसँग कार्यदिशा  छ न त भौतिक पूर्वाधार मन्त्रालयसँग रणनीति नै । यसकाे मारमा लाखाैं सेवाग्राही पर्ने गरेका छन् ।

 




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।