छ महिनामा बीमा कम्पनीहरुको बीमाशुल्क ७८ अर्ब माथि, कुनको कति ?

Jan 24, 2021 03:50 PM Merolagani

जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको छ महिना (पुस) सम्ममा ७८ अर्ब ५ करोड रूपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का बावजुत पनि बीमा कम्पनीहरुले उल्लेख्य बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

बीमा समितिको तथ्याङ्क अनुसार जीवन बीमा व्यवसायतर्फ ६२ अर्ब ८५ करोड र निर्जीवन बीमातर्फ १५ अर्ब २० करोड रुपैयाँ गरी कुल ७८ अर्ब ५ करोड रूपैयाँ बीमाशुल्क संकलन गरेको हो ।

जीवन बीमा अन्तर्गत नेपाल लाइफ एक्लैले १७ अर्ब ६२ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ भने निर्जीवन बीमातर्फ शिखर इन्स्योरेन्सले २ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरी अग्रता लिएको छ ।

नेपाल लाइफको मात्रै २८ प्रतिशत योगदान

चालु आर्थिक वर्षको पुससम्ममा जीवन बीमा कम्पनीहरुले ६२ अर्ब ८५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार १९ जीवन बीमा कम्पनीहरुले सो बराबरको बीमाशुल्क संकलन गरेको हो ।

बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्कमा नेपाल लाइफ एक्लैको २८.०६ प्रतिशत योगदान रहेको छ । नेपाल लाइफ एक्लैले यस अवधिमा १७ अर्ब ६२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।

एलआईसी नेपालले पनि ९ अबए ६१ करोड रुपैयाँ बीमाशुल्कख आर्जन गरेको छ । यो कुल बीमाशुल्कको १५.२९ प्रतिशत हो ।

यस्तै, राष्ट्रिय बीमा संस्थानले ५ अर्ब ८१ करोड,नेशनल लाइफले ५ अर्ब ५४ करोड रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

युनियन लाइफ र एशियन लाइफले ३ अर्ब रूपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गर्दा सुर्या लाइफ, गुराँस लाइफ मेट लाइफले र प्राइम लाइफले २ अर्ब रुपैयाँ भन्दाबढी बीमाशुल्क संकलन गरेका छन् ।

 

सिटिजन लाइफ,ज्योति लाइफ,रिलायवल लाइफ, र रिलायन्स लाइफले पनि एक अर्ब माथि बीमा शुल्क आर्जन गरेका छन् । बाँकि सन नेपाल लाइफ, सानिमा लाइफ, आईएमई लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफले भने कुल बीमाशुल्क आर्जन एक अर्ब माथि पुर्याउन सकेका छैनन् ।

सबैभन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्सले ४६ करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेको छ । यो जीवन बीमा कम्पनीहरूले आर्जन गरेको ६२ अर्ब ८५ करोड रुपैयाँ कुल बीमाशुल्कको ०.७३ प्रतिशत मात्रै हो ।

निर्जीवन तर्फ शिखरको मात्रै बीमाशुल्क २ अर्ब माथि

निर्जीवन बीमा कम्पनीहरु तर्फ शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गरेको छ । यस अघि निरन्तर अब्बल सबित गर्दै आएको शिखर इन्स्योरेन्सले रेकर्डलाइ निरन्तरता दिदै २ अर्ब भन्दा बढी बीमाशुल्क आर्जन गरेको हो ।

चालू आर्थिक वर्षको पुससम्ममा निर्जीवन बीमा कम्पनीहरुबाट कुल १५ अर्ब २० रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो हाल सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरुमध्ये राष्ट्रिय बीमा कम्पनी बाहेकबाट संकलन भएको बीमाशुल्क हो ।

बीमा समितिको तथ्यांक अनुसार सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले २ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरूले संकलन गरेको कुल बीमाशुल्कको १३.८८ प्रतिशत हो ।

यस्तै, सगरमाथा इन्स्योरेन्सले १ अर्ब १३ करोड, नेको इन्स्योरेन्सले पनि १ अर्ब ३६ करोड रूपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले एक अर्ब २१ करोड रूपैयाँ र एनएलजी इन्स्योरेन्सले १ अर्ब ११ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । बाँकी कुनैपनि बीमा कम्पनीहरूको बीमाशुल्क अर्ब नाघेका छैनन् । 

नयाँ निर्जीवन बीमा कम्पनीमा अजोड इन्स्योरेन्सले ६३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोे छ । यो पुरानो सञ्चालनमा रहेका युनाइटेड, ओरेन्टल, प्रुडेन्सियल, एभरेष्ट, हिमालयन जनरल र नेशनल इन्स्यारेन्सको भन्दा बढी हो ।

यस अवधिमा सबैभन्दा कम सानिमा जनरल इन्स्यारेन्सले २८ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरूले आर्जन गरेको कुल बीमाशुल्क १५ अर्ब २० करोड रुपैयाँको १.८४ प्रतिशत मात्रै हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।