ग्लोबल आइएमई बैंक र भण्डारा दूग्ध उत्पादक सहकारीबीच समझदारी पत्रमा हस्ताक्षर

Jan 26, 2021 05:02 PM Merolagani



ग्लोबल आइएमई बैंक (GBIME) र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको बाग्मती प्रादेशिक कार्यालय उप–प्रमुख विदुर ज्ञवाली र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्ली प्रसाद थपलियाले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार बैंकले भण्डारा लगायत चितवनका विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा विभिन्न तथा फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई स्थानीय सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाले बैंकको सिफारिसमा साना किसानहरुलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ ।

बैंकले ७ वटै प्रदेश तथा ७३ जिल्लामा बैंकको २६४ शाखा, २४० एटीएम, २४४ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

 

 




‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।