सानिमा बैंकको शाखा ललितपूरको कुपण्डोलमा

Jan 26, 2021 05:00 PM Merolagani



सानिमा बैंकले (SANIMA) ललितपुरको कुपण्डोलमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन माघ १२ गते ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा भएको हाे ।

उक्त समारोहमा मह जोडीले कुपण्डोलमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका हुन् । त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरिएकाे थियाे ।

बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १५ विस्तारित काउन्टर र ८५ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।