काेराेना भाइरसः महामारीले कसरी हाम्राे विश्व परिवर्तन गर्याे?

Jan 26, 2021 07:42 PM BBC

कोरोना भाइरस लगभग विश्वका सबै मुलुकमा पुगेको छ। यसको फैलावटले राष्ट्रिय अर्थव्यवस्था र व्यवसायहरुलाई हिसाब गर्न बाध्य बनाएको छ, किनकी सबै मुलुकका सरकारहरुले भाइरसको फैलावटका लागि अपनाएका नयाँ लकडाउनका उपायहरुसँग संघर्ष गरिरहेका छन्।

नयाँ खोपको विकासका बाबजुत, धेरै जना रिकभर कस्तो हुन्छ भन्ने सोचिरहेका छन्।

यहाँ केही चार्ट र चित्रहरु दिइएको छ जसले हामीलाई भाइरसको आर्थिक प्रभाव बुझ्नलाई सजिलो पार्नेछ।

ग्लोबल शेयरमा प्रवाह

कम्पनीको शेयर खरिदबिक्री गर्ने स्टक मार्केटको ठूलो छलाङ्गले पेन्सन अथवा व्यक्तिगत बचत खाताहरुको भ्यालुलाई प्रभाव पार्छ।

एफटिएसई, डाउ जोन्स इण्डष्ट्रिय एभरेज र निक्केइमा कोभिड १९ को केस बढ्दै गएसँगै अभावको पहिलो महिनामा ठूलो गिरावट देखिएको थियो।

एशिया र अमेरिकका मुख्य स्टक मार्केटहरु नोभेम्बरमा पहिलो खोप घोषणा गरेसँगै रिकभर भएको छ तर, एफटिएसई अझै पनि नकारात्मक क्षेत्रमा छ। सन् २०२० मा एफटिएसई १४.३ प्रतिशत घट्यो, जुन सन् २००८ पछिकै सबैभन्दा खराब प्रदर्शनी थियो।

त्यसको प्रतिक्रियामा धेरै मुलुकहरुको केन्द्रिय बैंकहरुले ब्याजदर कटौती गरेका छन्। त्यसले, ऋणलाई सस्तो बनाउँछ र अर्थतन्त्रलाई उकास्नका लागि खर्च बढाउन प्रेरित गर्छ।

केही बजारहरु यहि वर्षको जनवरीमा सतहसम्म पुगे, तर यसलाई एक सामान्य प्रवृत्ति मानिन्छ जसलाई ‘जनवरी इफेक्ट’ भनिन्छ।

पुनः लकडाउनको सम्भावना र खोप कार्यक्रममा भएको ढिलाईले बजारमा अझै धेरै उतारचढाव ल्याउन सक्छ भन्ने कुरामा विश्लेषकहरु चिन्तित छन्।

जागिर खोज्नेहरुका लागि कठिन वर्ष

धेरै मानिसहरुले रोजगारी गुमाएका छन् अथवा आफ्नो आम्दानी घटेको देखेका छन्। प्रमुख अर्थव्यवस्थाहरुमा बेरोजगारी दर बढेको छ।

 

अमेरिकामा, अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) का अनुसार कामबाट निकालिएका अथवा बेरोजगार भएका व्यक्तिहरुको दर वार्षिक ८.९ प्रतिशत पुगेको छ। यसले रोजगारी बढाउने दशकको अन्त्य भएको संकेत गर्दछ।

लाखौँ कामदाहरु अर्थतन्त्रको एक हिस्साको रुपमा सरकारद्वारा सञ्चालित रोजगारीलाई निरन्तरता दिने योजना अन्तर्गत राखिएका छन्, जस्तै पर्यटन र आतिथ्य, जुन करिब भरिन लागिसकेको छ।

नयाँ रोजगारीका अवसरहरुको संख्या धेरै मुलुकहरुमा अझै पनि कम छ। अष्ट्रेलियामा रोजगारीको अवसरहरु सन् २०१९ को स्तरमा फर्किसकेको छ। तर, फ्रान्स, स्पेन, यूके र अन्य केही मुलुकहरुमा अझै पनि कम नै छ।

रोजगारीको अवस्था महामारी भन्दा अघिको अवस्थामा फर्किनका लागि वर्षौँ लाग्न सक्ने चेतावनी केही विज्ञहरुले दिएका छन्।


धेरै मुलुकहरुमा अहिले मन्दी छाएको छ

यदि अर्थतन्त्र विकास भइरहेको छ भने त्यसको अर्थ धेरै सम्पत्ती र धेरै नयाँ रोजगार भन्ने हुन्छ। यसलाई कुल गार्हस्थ उत्पादन या एक त्रैमासमा वा एक वर्षमा उत्पादन भएको सेवा र वस्तुहरुको भ्यालुमा देखिएको परिवर्तनलाई हेरेर मापन गरिन्छ।

विश्व अर्थतन्त्र सन् २०२० मा ४.४ प्रतिशतले खुम्चिएको आइएमएफले अनुमान लगाएको छ। आइएमएफले यस गिरावटलाई सन् १९३० को ‘द ग्रेट डिप्रेशन’ पछिकै सबैभन्दा खराब अवस्थाको रुपमा व्याख्या गरेको छ।

सन् २०२० मा बढेको एक मात्र प्रमुख अर्थतन्त्र हो चीन। यसले २.३ प्रतिशतको वृद्धि हासिल गरेको थियो।

यद्यपि, सन् २०२१ मा विश्व अर्थतन्त्रले ५.२ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको छ। यो मुख्यतः भारत र चीन जस्ता देशहरुद्वारा सञ्चालित हुनेछ, जुन क्रमशः ८.८ प्रतिशत र ८.२ प्रतिशत वृद्धि हुने पूर्वानुमान गरिएको छ।

ठूला, सेवामा निर्भर, अर्थतन्त्रहरु जहाँ भाइरसले नराम्रो प्रभाव पारेको छ, जस्तै कि यूके अथवा इटाली, त्यहाँ रिकभरि सुस्त हुने अपेक्षा गरिएको छ।

ट्राभल व्यवसायले अझै उडान लिन सक्दैनन्

एयरलाइन्सहरुले फ्लाइट घटाएसँगै र ग्राहकहरुले विजनेश ट्रीप तथा छुट्टीमा कटौती गरेसँगै ट्राभल व्यवसायहरु नराम्ररी प्रभावित भएका छन्। पछिल्लो महिना पत्ता लागेको नयाँ भाइरसहरुले धेरै कम्पनीहरुलाई यात्रामा अझ कडा बनाउन बाध्य बनाएको छ।

फ्लाइट ट्रयाक गर्ने सेवा प्रदायक, फ्लाइट राडार २४ को तथ्यांक अनुसार यो देखिएको छ भने सन् २०२० मा विश्वभर फ्लाइटको संख्यामा ठूलो कमी आएको छ र यो रिकभर हुन अझै समय लाग्नेछ।
हस्पिटालिटी क्षेत्र विश्वभर बन्द भइसकेको छ

हस्पिटालिटी क्षेत्र नराम्ररी प्रभावित भएको छ, धेरै कम्पनीहरु डुबेका छन्, लाखौँले रोजगारी गुमाएका छन्।

विश्वभरका ३५ लाख होटल र रेन्टलहरु सूचीकृत भएको शीर्ष इन्टेलिजेन्स कम्पनी, ट्रान्सपेरेन्टको तथ्याङ्क अनुसार, अधिकांशको रोजाइमा पर्ने यात्राका गन्तव्यहरुमा रिजर्भेसन घटेको छ।
२०२० मा खर्बौँ डलर गुम्यो र २०२१ राम्रो हुने प्रक्षेपण भएपनि धेरै विश्लेषकहरुले २०२५ आसपाससम्ममा ट्राभल र टुरिजम व्यवसाय यति नफर्कने पूर्व महामारीको अवस्थामा नफर्कने बताउँछन्।

सपिङ्ग–घरमै

मानिसहरु घरमै बसी खरिददारी गर्न थालेपछि खुद्रा व्यापारमा अभूतपूर्व गिरावट देखिएको छ। नयाँ प्रजाति र बढ्दो केसहरुले समस्यालाई अझ जटिल बनाएको छ। अनुसन्धान कम्पनी, सपरट्राकका अनुसार पहिलो लकडाउनदेखि नै पैदलयात्रुहरु घट्न थालेका थिए। 

मानिसहरु अझै पनि स्टोरहरुमा फर्कन असुरक्षित महसुस गरिरहेकोण् विभिन्न अनुसन्धानहरुमा देखिएको छ। इवाईका अनुसार ६७ प्रतिशत उपभोक्ताहरु अझै खरिददारीका लागि ५ किलोमिटरभन्दा टाढा जान रुचाउँदैनन्।

खरिददारीको व्यवहारमा आएको परिवर्तनले अनलाईन खुद्रा व्यापारलाई बढावा दिएको छ। २०२० मा अनलाईन खुद्र व्यापारबाट विश्वभरमा ३.९ त्रिलियन डलर राजश्व उठेको छ।

 

विजेताः औषधि कम्पनीहरु

विश्वभरका सरकारले कोभिड १९ भ्याक्सिन र उपचारका विकल्पहरुका लागि अरबौँ डलर दिने वचन दिएका छन्। खोप विकासमा संलग्न औषधी कम्पनीहरुको शेयरमूल्य उचाइमा पुगेको छ।

मोडर्ना, नोभाभ्याक्स र अस्ट्रजेनिकाले महत्वपूर्ण उदय देखेको छ। तर, फाइजरले तीव्र गिरावट देखेको छ। बायोएनटेक कम्पनीसँगको पार्टनरसिप, खोपको व्यवस्थापन र उत्पादनमा भएको उच्च खर्च र समान प्रतिस्पर्धीहरुको बढ्दो संख्याले २०२१ मा कम्पनीले धेरै आम्दानी गर्छ भन्ने विश्वास लगानीकर्ताले गुमाइसकेका छन्।

केही औषधी कम्पनीहरुले खोप वितरण गर्न शुरु गरिसकेका छन् र धेरै मुलुकहरुले खोप कार्यक्रम शुरु गरिरहेका छन्। २०२१ मा जनसन एण्ड जनसन र सनोफि/जीएसके जस्ता धेरैले खोप वितरणमा सहयोग गर्नेछन्।


(बीबीसीबाट अनुवादित)

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।