४,५७४ जनामा भएको पीसीआर परीक्षणमध्ये ३०३ जनामा कोभिड १९ पुष्टि, उपत्यकामा थपिए १७२ जना संक्रमित

Jan 26, 2021 05:13 PM Merolagani



एक दिनमा नेपालमा ३०३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । चार हजार ५७४ जनामा भएको पीसीआर परीक्षणमध्ये काठमाडौं उपत्यकामा १७२ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित विवरण अनुसार आज काठमाडौंका १३४ जना, ललितपुरका ३१ जना र भक्तपुरका ७ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी यसै अवधिमा देशमा ६ जनाको मृत्यु भएको छ । उक्त संख्यासहित निधन हुने कुल संक्रमितको संख्या दुई हजार १७ पुगेको छ ।

मंगलबार कोरोना भाइरस जित्ने २८५ जना रहेका छन् । यससँगै देशभरमा संक्रमित हुने दुई लाख ७० हजार ९२ जना हुँदा संक्रमण जित्नेको कुल संख्या भने दुई लाख ६४ हजार ८२६ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा कुल २० लाख ५२ हजार ६८७ नमुना परिक्षण भइसकेको छ ।

अहिले सक्रिय संक्रमित तीन हजार २५२ जना, क्वारेन्टिनमा १२२ जना र संस्थागत आइसोलेसनमा दुई हजार ५०३ जना रहेका छन् ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।