कामना सेवाले माघ २२ गतेदेखि ऋणपत्र जारी गर्ने, ब्याजदर कति?

Jan 27, 2021 10:32 AM Merolagani



कामना सेवा विकास बैंक (KSBBL) ले माघ २२ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो। कुल निष्काशन गरिने ऋणपत्रमध्ये ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ४० कराेड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्न लागेको हो। जसमा २० हजार कित्ता भने सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ।

बैंकले बिक्रीमा ल्याउन लागेको ऋणपत्रमा इच्छुक आवेदकहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्मको ऋणपत्र खरिदको लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र खरिद गर्ने लगानीकर्ताले वार्षिक ९ प्रतिशतका दरले ब्याज पाउनेछन्। ब्याज भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ।

बैंकको ऋणपत्रमा छिटोमा माघ २६ गतेसम्म र सो अवधिमा सबै ऋणपत्र खरिदको लागि आवेदन नपरेको खण्डमा फागुन ६ गतेसम्म आवेदन गर्न पाउने व्यवस्था छ।

बैंकको ऋणपत्रमा आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र मेरो शेयरबाट समेत आवेदन दिन सकिनेछ।

ऋणपत्र निष्काशनका लागि गराएकाे रेटिङ्गमा बैंकलाइ केयर रेटिङ्ग नेपालले केयर आइआर  डबल बी प्लस रेटिङ्ग प्रदान गरेकाे छ। यसले मध्यम कर्जा जाेखिम रहेकाे संकेत गर्दछ। 




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।