इन्फ्रास्ट्रक्चर बैंकको शेयर शुक्रबार बाँडफाँड हुने, अधिकतम ६० कित्ता सम्म पाउने

Jan 27, 2021 05:33 PM Merolagani



नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) को शेयर शुक्रबार बाँडफाँड हुने भएको छ । बुधरबार प्रि अलोटमेन्ट सकिएपछि बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटले शुक्रबार बिहान १० बजे शेयर बाँडफाँड गर्ने भएको हो ।

बैंकको शेयर वाँडफाँडको लागि एनआईविएल एस क्यापिटले बुधबार प्रि अलोटमेन्टको सबै काम सकाएर धितोपत्र बोर्डमा विवरण बुझाएको छ । बोर्डबाट स्वीकृति भएपछि बैंकको शेयर शुक्रबार १० बजे बाँडफाँड गर्ने बिक्री प्रबन्धक क्यापिटलले जनाएको छ ।

बैंकले माघ २ गते देखि ६ गते सम्म जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई निष्काशनमा ल्याएको थियो ।

बैंकको उक्त आईपीओमा १४ लाख ७५ हजार ८० वटा योग्य आवेदन परेका छन् । बैंकले ठुलो भोलुममा शेयर निष्काशन गरेकोले शेयरमा आबेदन गर्ने सबैले न्युनतम ५० कित्ता शेयर पाउनेछन् ।

५० कित्ता सम्म माग गर्नेलाइ वितरण गरेर बाँकी रहेको शेयर पुन गोला प्रथाबाट ५० कित्ता भन्दा बढी शेयरमा अावेदन गर्नेलाइ वितरण हुनेछ । त्यस अनुसार अधिकतम ६० कित्ता सम्म शेयर पाउने देखिन्छ ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँट पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।