सेन्चुरी कमर्शियल बैंकको खुद नाफा २८.२५ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?

Jan 28, 2021 01:29 PM Merolagani



सेन्चुरी कमर्शियल बैंक लमिटेड (CCBL) ले चालु आर्थिक वर्षको दास्रो त्रैमासमा खुद नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले गत आर्थिक वर्षको यहि अवधिमा खुद नाफा २८.२५ प्रतिशतले घटेको वित्तीय विवरण सार्वजनिक गरेको हो।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४६ करोड ६५ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.२५ प्रतिशत अर्थात १८ करोड ३५ लाख ८८ हजार रुपैयाँले कम हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ६५ करोड २ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेपछि खुद नाफामा पनि असर देखिएको हो।

यस अवधिसम्ममा बैंकको खुद व्याज आम्दानी २०.१३ प्रतिशतले घटेर १ अर्ब २२ करोड रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो।

यस्तै बैंकको सञ्चालन मुनाफा पनि ३०.३४ प्रतिशतले घटेर ६३ करोड ४४ लाख रुपैयाँमा झरेको छ। गत वर्षको यहि अवधिमा बैंकको सञ्चालन मुनाफा ९१ करोड ७ लाख रुपैयाँ आर्जन गरेको थियो।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तमा १५ रुपैयाँ ४५ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी यस अवधिमा घटेर १० रुपैयाँ ३३ पैसामा सीमित भएको छ।

यस अवधिमा बैंकले ८३ अर्ब ७८ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब २५ करोड २० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

चुक्ता पूँजी ९ अर्ब ३ करोड ४४ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १ अर्ब ७० करोड ४७ लाख रुपैयाँ रहेको छ। बैंकको वितरण योग्य मुनाफा २५ करोड ४ लाख रुपैयाँ रहेको छ।

बैंकको मूल्य आम्दानी अनुपात २१.२० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ८७ पैसा रहेको छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।