म्यानमारमा सैनिक 'कू' भएपछि बैंकहरू अनिश्चितकालीन बन्द,एटिमबाट पैसा झिक्ने चटाराे

Feb 01, 2021 12:31 PM BBC

अंग सान सु ची तथा अन्य राजनैतिक नेताहरुलाई नजरबन्द गरेपछि म्यानमाको सेनाले देशलाई आफ्नो नियन्त्रणमा लिएको छ। पक्राउ गरेको केही घण्टापछि सैन्य टिभीले १ वर्षको लागि संकटकालको घोषणा गरेको पुष्टि गरेको छ।

विवादित चुनावपछि नागरिक सरकार र सेनाको बीच बढेको तनावले यस्तो विद्रोहको अवस्था सिर्जना गरेको हो।

बर्मा भनेर पनि परिचित म्यानमामा सन् २०११ मा प्रजातान्त्रिक सुधार सुरु नभएसम्म सैन्य शासन थियो। सेनाले कमाण्डर इन चीम मिन अंग ह्लिइंगलाई शक्ति हस्तान्तरण गरिएको बताएको छ। अहिले सेनाहरु राजधान, ने पी तअ र मुख्य शहर यांगनका सडकमा तैनाथ छन्।

नोभेम्बरको चुनावमा, सु चीको नेशनल लिग फर डेमोक्रेसीले सरकार गठन गर्न पर्याप्त सीट जितेको थियो। तर, सेना भने भोटमा झेल भएको बताउँछन्।

यो विद्रोह एक दशकभन्दा अघि सेनाले बनाएको संविधानको स्पष्ट उल्लंघन भएको देखिन्छ जसलाई शनिबार मात्र सम्मान गर्ने वाचा गरिएको थियो, बीबीसीका संवाददाता जोनाथन हेड बताउँछन्। सु ची जस्ता राजनीतिक नेताहरुलाई पक्राउ गर्नु उत्तेजक र धेरै जोखिमपूण कदम हो र यसको कडा विरोध हुनसक्छ, उनी भन्छन्।

यसको कस्तो प्रतिक्रिया आइरहेको छ?

  संयुक्त राज्य अमेरिकाले उक्त ‘कु’ को निन्दा गरेको छ र वासिङ्गटनले ‘भर्खरको चुनावको नतिजा बदल्ने वा म्यानमाको लोकतान्त्रिक संक्रमणमा बाधा ल्याउने कुनै पनि प्रयासको विरोध गर्ने’ बताएको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सबै सरकारी अधिकारी र नागरिक समाजका नेताहरुको रिहाइको आह्वान गर्दै ‘अमेरिकाले लोकतन्त्र, स्वतन्त्रता, शान्ति र विकासको आकांक्षामा बर्माका जनताको साथ छ, सेनाले यी कार्यहरु तुरुन्त उल्टाउनुपर्छ’ भनेको छ।

अष्ट्रेलियामा विदेश मामिला मन्त्री मारिस पेनले भने, ‘हामी सेनालाई कानूनको शासनको सम्मान गर्न, कानूनी संयन्त्रमार्फत विवाद सुल्झाउन र गैर कानूनी रुपमा पक्राउ परेका सबै नागपरिक नेताहरुलाई तत्काल रिहा गर्न आग्रह गर्दछौँ।’

ह्युमन राइट्स वाचका जोन सिफ्टन भन्छन्, ‘जुन सैन्य फौजले म्यानमामा एक दशकसम्म शासन गर्यो, उनीहरु कहिले पनि सत्ताको पहिलो स्थानबाट पछि हटेको थिएन। उनीहरुले वास्तवमा कहिल्यै पनि नागरिक अधिकारको पहिलो स्थान सुम्पेका थिएनन्, त्यसैले आजको घटनाहरुले एक राजनीतिक वास्तविकता मात्र प्रकट गरिरहेको छ जुन पहिलेदेखि नै कायम थियो।’

‘यसले फरक भविष्यको ढोका खोलेको छ,’ घटनालाई वर्णन गर्दै यंगुनका इतिहासकार तथा लेखक थान्ट मायन्ट यु बताउँछन्, ‘मलाई अब आउने कुरालाई कसैले नियन्त्रण गर्न सक्दैन भन्ने भावना आईरहेको छ। र याद राख्नुहोस् म्यानमा देश हतियारले ओतप्रोत छ र जातीय र धार्मिक रेखामा गहिरो विभाजन छ, जहाँ लाखौँले मुस्किलले आफ्नो पेट पाल्न सक्छन्।’

त्यहाँको अवस्था कस्तो छ?

प्रमुख शहरहरुमा मोबाइल इन्टरनेट डाटा कनेक्सनहरु र केही फोन सेवाहरु विच्छेद गरिएको छ जबकी राज्य प्रसारणकर्ता एमआरटिभी प्राविधिक समस्या बताइरहेको छ र अफएयर छ।

ने पी तअसँगको सञ्चार डाउन छन् र त्यहाँ स्थितिको आंकलन गर्न गाह्रो छ।

देशको सबैभन्दा ठूलो शहर तथा पूर्व राजधानी यांगनमा फोन लाइन र इन्टरनेट सीमित गरिएको छ भने धेरै सेवा प्रदायकहरुको सेवा कटौती गरेका छन्।

 

खबर यो छ कि यांगनमा आउँदा दिनहरुमा नगद संकुचन हुने डरले मानिसहरु एटीएमबाट पैसा झिक्न हतार गरिरहेका छन्। केही एटीएमहरु काम नगरेकाे देखिन्छ भने बैंकहरु खुल्ने कुनै टुङ्गो छैन।

चुनावमा के भएको थियो?

नेशनल लिग फर डेमोक्रेसीले नेभेम्बर ८ को चुनावमा ८३ प्रतिशत सीट जित्यो जसलाई धेरैले सू चीको नागरिक सरकारमा जनमत संग्रहको रुपमा देखेका थिए। सन् २०११ मा सैनिक शासनको अन्त्य भएपछिको यो दोस्रो चुनाव थियो।

तर, सेनाले नतिजामा शंका गर्दै राष्ट्रपति र निर्वाचन आयोगका अध्यक्षको विरुद्ध सर्वोच्च अदालतमा गुनासो पेश गरेको थियो। सेनाले भर्खरै कथित ठगीको कारण ‘कारवाही’ गर्ने धम्की दिएपनि सत्तापक्षमा तनाव उत्पन्न भएको थियो। निर्वाचन आयोगले उक्त आरोपलाई अस्वीकार गरेको छ।

को हुन् अंग सान सु ची?

अंग सान सु ची म्यानमाका स्वतन्त्र सेना, जनरल अंग सानकी छोरी हुन्। सन् १९४८ मा म्यानमाले ब्रिटिस साम्रज्यबाट स्वतन्त्रता पाउनु ठिक अघि उनी २ वर्षकी हुँदा उनको पिताको हत्या गरिएको थियो।

उनलाई एक समयमा मानव अधिकारको प्रतिकको रुपमा हेरिन्थ्यो– एक सिद्धान्तवादी अभियन्ता जसले दशकौँसम्म म्यानमामा शासन गरिरहेको निर्दयी सेनाका सेनापतिहरुलाई चुनौती दिन आफ्नो स्वतन्त्रता त्यागे।

सन् १९९१ मा उनलाई नोबल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो, जबकि अझै नजरबन्द भएपनि ‘शक्तिहिनहरुको शक्तिको उत्कृष्ट उदाहरण’ रुपमा प्रशंसा हुँदै आइरहेको छ।

सु चीले सन् १८९८ देखि २०१० सम्म करिब १५ वर्षसम्म थुनामा बसेका थिए।

नोभेम्बर २०१५ मा उनले नेशनल लिग फर डेमोक्रेसीको नेतृत्वमा म्यानमालाई २५ वर्षको पहिलो खुला चुनावमा भारी मतले विजयी गराए।

म्यानमाको संविधानले उनलाई राष्ट्रपति बन्नमा रोक लगायो किनभने उनका विदेशी नागरिकता भएका सन्तानहरु थिए। तर, ७५ वर्षिय सु चीलाई अहिले डि फ्याक्टो लिडरको रुपमा हेरिएको छ।
तर, म्यानमाको राज्य सल्लाहकार भएदेखि उनको नेतृत्वलाई देशका अधिकांश मुस्लिम रोहिंग्या अल्पसंख्यकमाथिको व्यवहारले परिभाषित गरेको छ।

सन् २०१७ मा राखाइन राज्यको पुलिस स्टेशनहरुमा भएको घाटक हमलाका कारण सैन्य फुट सिर्जना भएपछि हजारौँ रोहिग्या छिमेकी मुलुक बङ्गलादेश भागे।

सु चीको पूर्व अन्तरराष्ट्रिय समर्थकहरुले उनीमाथि शक्तिशाली सेनाको भत्र्सना गर्न वा अत्याचारको घटनालाई अस्वीकार गरी बलात्कार, हत्या र सम्भव्य नरसंहार रोक्न केही नगरेको आरोप लगाएका थिए।

केहीले शुरुमा उनी एक व्यवहारिक राजनीतिज्ञ जसले जटिल इतिहास भएको बहुजातीय देश चलाउन खोजिरहेको तर्क गरेका थिए।

तर, सन् २०१९ मा हेगमा भएको अन्तरराष्ट्रिय अदालतमा भएको सुनुवाइमा सेना विरुद्ध उनको व्यक्तिगत प्रतिरक्षाले नयाँ मोड लियो र यसले उनको थोरै बचेको प्रतिष्ठालाई पनि तहसनहस गर्यो।
तथापि, रोहिंग्याप्रति कम सहानुभुति राख्ने बौद्ध बहुसंख्यकहरुको बीच सु ची अत्यन्त लोकप्रिय छिन्।

(बीबीसीबाट अनुवादित)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।