विद्युत बिक्री आम्दानी बढेसँगै अरुण काबेलीको नाफामा उल्लेख्य सुधार, ईपीएस कति?

Feb 03, 2021 08:04 AM Merolagani



अरुण काबेली पावर लिमिटेड (AKPL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानीसँगै खुद नाफामा उल्लेख्य सुधार भएको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १८ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ करोड ९८ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ११ करोड ३२ लाख रुपैयाँबाट बढेर ३८ करोड ८५ लाख रुपैयाँ पुगेको छ। आम्दानीसँगै कम्पनीको खर्चमा पनि वृद्धि भएको छ। जसका कारण खुद नाफा वृद्धिदरमा केही दबाब परेको छ।

पुस मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) २४ रुपैयाँ ३६ पैसा पुगेको छ। त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ३४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११.३७ गुणा रहेको छ।

१ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २७ करोड ५१ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको जगेडा कोषमा २ करोड ७३ लाख रुपैयाँ मात्र सञ्चित थियो।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।