भर्खरै आईपीओ निष्काशन गरेका नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्रकाशित गर्यो वित्तीय विवरण, वित्तीय अवस्था कस्तो?

Feb 04, 2021 09:04 AM Merolagani

भर्खरै आईपीओ निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको आम्दानी र खुद नाफा घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ३५ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.५४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो। साे अवधिसम्ममा बैंककाे वितरणयाेग्य मुनाफा २७ कराेड ६० लाख रूपैयाँ रहेकाे छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.७२ प्रतिशत घटेर ५६ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा १२.३२ प्रतिशत घटेर ५० करोड ३५ लाख रुपैयाँमा झरेको छ।

१२ अर्ब चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ९४ करोड २५ लाखरुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको जगेडा कोषमा ४९.६६ प्रतिशत बढेको हो।

पुस मसान्तसम्ममा बैंकले ३२ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप २९.८० प्रतिशत बढ्दा कर्जा १७७.०५ प्रतिशत बढेको हो।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ रुपैयाँ ७१ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ५.८७ रुपैयाँमा सीमित भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ १९ पैसा रहेको छ।

comments powered by Disqus

एक अर्ब नाघ्यो मुक्तिनाथको खुद नाफा, प्रतिशेयर आम्दानी कति?

Apr 20, 2021 08:53 AM

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा १ अर्बभन्दा बढी नाफा कमाउन सफल भएको छ।