चन्द्रागिरी हिल्सको शेयर लिस्टिङ्ग प्रकृया अन्तिम चरणमा, आइतबारदेखि कारोबारमा आउन सक्ने

Feb 04, 2021 11:58 AM Merolagani



चन्द्रागिरी हिल्सको शेयर लिस्टिङ्ग प्रकृया अन्तिम चरणमा पुगेकाे छ। कम्पनीको शेयर राजिस्ट्रार ग्लोवल आइएमई क्यापिटलका अनुसार शेयर लिस्टिङ्गकाे सबै प्रकृया सकिएर सम्झौता हुन मात्रै बाँकी छ।

यसबीचमा नेकपाको बन्द हडताल र आमसभा जस्ता कार्यक्रमले सूचीकरण सम्झौतामा असर परेन भने आइतबार देखि नै कम्पनीको शेयर कारोबार हुने ग्लोवल आइएमई क्यापिटलले जनाएको छ।

बिहीबार नेकपाका प्रचण्ड नेपाल समूहले बन्द हडताल आह्वान गरेको छ भने शुक्रबार ओली समूहले आमसभा आयोजना गर्ने घोषणा गरेको छ।

शुक्रबारसम्ममा सूचीकरण सम्झौता भए कम्पनी शेयर आइतबारदेखि कारोबारमा आउनेछ।

कम्पनीको शेयर शेयरधनीको डिम्याट खातामा जम्मा भइसकेको छ। कम्पनीको शेयरलाई सिडिएस एण्ड क्लियरिङ्ग सिजिएच कारोबार संकेत दिएको छ।

कम्पनीले पुस २४ गते २८ गतेसम्म सर्वसाधारणलाई १५ लाख ३४ हजार ९१ कित्ता शेयर निष्काशन गरेको थियो। त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको थियो। बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँट गरेको हो।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।