लाभांश पारित गर्न एलआईसी नेपालले साधारण सभा बोलायो, बुक क्लोज कहिले ?

Feb 11, 2021 06:16 PM Merolagani



लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN) ले लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले फागुन २५ गते बिहान १०ः३० बजे नक्सालस्थित एलआईसी शिक्षालय हलमा १८ औं वार्षिक साधारण सभा बोलाएको हो ।

साधारण सभाले आर्थिक वर्ष २०७५/७६ बाट वितरण गर्न प्रस्ताव गरेको १० प्रतिशतले हुन आउने बोनस शेयर र ०.५२६३ नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

साथै कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँलाई वृद्धि गरी २ अर्ब २१ करोड १० लाख रुपैयाँ कायम गर्न प्रस्ताव स्वीकृत समेत गर्नेछ ।

यस्तै सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट एक जना सञ्चालकको चयन गर्ने र संस्थापक शेयरधनीको तर्फबाट नियुक्त सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्ने तयारी गरेको छ ।

यसै गरी आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण तथा सञ्चालक समितिलाई प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन ७ गते देखि बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार फागुन ६ गतेसम्म कायम शेयरधनीहरु मात्रै लाभांश पाउनेछन् ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।