लाभांश पारित गर्न एलआईसी नेपालले साधारण सभा बोलायो, बुक क्लोज कहिले ?

Feb 11, 2021 06:16 PM Merolagani



लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN) ले लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले फागुन २५ गते बिहान १०ः३० बजे नक्सालस्थित एलआईसी शिक्षालय हलमा १८ औं वार्षिक साधारण सभा बोलाएको हो ।

साधारण सभाले आर्थिक वर्ष २०७५/७६ बाट वितरण गर्न प्रस्ताव गरेको १० प्रतिशतले हुन आउने बोनस शेयर र ०.५२६३ नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

साथै कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँलाई वृद्धि गरी २ अर्ब २१ करोड १० लाख रुपैयाँ कायम गर्न प्रस्ताव स्वीकृत समेत गर्नेछ ।

यस्तै सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट एक जना सञ्चालकको चयन गर्ने र संस्थापक शेयरधनीको तर्फबाट नियुक्त सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्ने तयारी गरेको छ ।

यसै गरी आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण तथा सञ्चालक समितिलाई प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन ७ गते देखि बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार फागुन ६ गतेसम्म कायम शेयरधनीहरु मात्रै लाभांश पाउनेछन् ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।