शुक्रबार सुनको भाउ ओरालो लाग्दा चाँदी भने बढ्यो

Feb 12, 2021 11:47 AM Merolagani



सुनको भाउ लगातार दोश्रो दिन पनि ओरालो लागेको छ। माघ ३० गते, शुक्रबार सुनको भाउ तोलामा ६०० रुपैयाँले गिरावट भएको छ।

यस दिन छापावाला सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार सुन तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

सुनको मूल्य घटेतापनि शुक्रबार चाँदीको मूल्य भने वृद्धि भएको छ। यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ३२० रुपैयाँमा किनबेच हुँदैछ।

बिहीबार भने चाँदीको भाउमा गिरावट देखिएको थियो। सो दिन चाँदी प्रतितोला २५ रुपैयाँले गिरावट भएर एक हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।




सहयोग नगर्ने कर्मचारी संयन्त्र ढाल्ने पुरानै अस्त्र: २०४८ को गिरिजाबाबुको नजिर पछ्याउँदै वर्तमान सरकार

Jun 13, 2026 11:49 AM

सुवास निरौला

"२०४८ सालमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुनुभो। त्यतिखेर हामी अहिले जस्तो बुढा थिएनौँ। पृथ्वी नै तीन बित्ता उचाल्न  सकिन्छ भन्ने हामीमा उत्साह थियो।