महिला लघुवित्तको नतिजा हेर्ने मिल्ने दुई वेभसाइट खुल्नै छाडे, मेरो शेयर पनि झल्याक झुलुक

Feb 26, 2021 10:36 AM Merolagani



तीन ठाउँबाट मात्रै प्राथमिक शेयरको नतिजा हेर्ने व्यवस्था पछि प्रकाशित महिला लघुवित्तको नतिजा हेर्न अझै लगानकर्ताले पाएका छैनन्। नतिजा हेर्न मिल्ने तीन वेभसाइटमध्ये दुई साइट खुल्दै नखुलेपछि सर्वसाधारणले नतिजा हेर्न नपाएका हुन्।

बिक्री प्रबन्धक र कम्पनी दुबैका साइट खुलेका छैनन् भने उता मेरो शेयरले पनि दुख दिँदै आएको छ। मेरो शेयर झल्याक झुलुक मात्रै खुलेपछि सर्वसाधारण हैरानीमा परेका छन्।

कम्पनीमा आवेदन दिने १५ लाखभन्दा बढी लगानीकर्ताले एकै पटक साइट भिजिट गरेपछि ती साइटमा ट्राफिक लोड परेको छ। जसको कारण ती वेभसाइटले काम गर्न छाडेका हुन्। सीमित भिजिटर आउने अनुमानका साथ डिजाइन गरिएका वेभसाइटमा एकै पटक १० औँ लाख मानिस ओइरिएपछि साइटले भार थाम्न सकिरहेका छैनन्।

लगानीकर्ताको गोपनीयताको आधारमा भन्दै सिडिएससिले यस अघि सित्तैमा नतिजा प्रकाशित गर्दै आएका सञ्चार माध्यमलाई नतिजा प्रकाशन गर्न रोक लगाएको छ। सञ्चार माध्यमले नतिजा प्रकाशन नगरेका कारण ती वेभसाइटहरूमा अधिक भार परेको हो।   

 




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।