सिन्धु विकास बैंकले बोलायो साधारण सभा

Mar 01, 2021 09:49 AM Merolagani



सिन्धु विकास बैंक (SINDU) ले चैत ९ गते, सोमबार आगन्तुक रिसोर्ट प्रा. लि., बनेपा, काभ्रेपलाञ्चोकमा एघारौँ वार्षिक साधारण सभा डाकेको छ।

बैंकले मर्जर तथा एक्विजिसन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन स्वीकृत गर्ने तथा थप फेरबदल गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्न सो सभा डाकेको हो।

साधारण सभा प्रयोजनार्थ बैंकले फागुन २८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। फागुन २७ गते महाशिवरात्री परेको हुनाले फागुन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन सक्नेछन्।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।