करिब ४१ अंक बढ्यो नेप्से, ‘बाउन्स ब्याक’ को संकेत हो कि ‘डेड क्याट बाउन्स’?

Mar 01, 2021 03:26 PM Merolagani



पछिल्लो केही समय यता ओरालो लागिरहेको नेप्से परिसूचक, यस साताको दोस्रो कारोबार दिन भने बढेर बन्द भएको छ।

यस दिनको वृद्धिलाई बजारमा विभिन्न प्रकारले विश्लेषण गरिएको छ। एकातिर केही लगानीकर्ताहरु यसलाई ‘बाउन्स ब्याक’को संकेतको रुपमा विश्लेषण गरिरहेका छन् भने अर्कोतिर यसलाई ‘डेड क्याट बाउन्स’ हो कि भन्ने आशंका पनि गरिरहेका छन्।

अघिल्ला दुई कारोबार दिनमा भएको उच्च गिरावट पनि यस दिन बजार बढेकोले यसलाई केही लगानीकर्ताहरुले करेक्सनपछिको ‘बाउन्स ब्याक’ को रुपमा लिएका छन्। त्यसैगरी, अर्का थरी लगानीकर्ताहरु ‘उचाईबाट खसेपछि मरेको बिरालो पनि केही उफ्रिन्छ’ भन्ने आधारमा यसलाई ‘डेड क्याट बाउन्स’ को संज्ञा पनि दिइरहेका छन्। यद्यपि यो ‘बाउन्स ब्याक’ को संकेत हो कि ‘डेड क्याट बाउन्स’ हो, त्यसको निर्णय गर्न भोलिको बजार हेर्नुपर्ने विश्लेषकहरु बताउँछन्। भोल्यूमले साथ नदिएका कारण यो वृद्धि के को संकेत हो भनेर भोलि मात्रै थाहा हुने उनीहरुको भनाइ छ।

सोमबार नेप्से परिसूचक ४०.६४ अंक बढेर २५१५.०३ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ६.४७ अंक, फ्लोट इण्डेक्स २.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१५ अंक बढेको छ।

नेप्से उकालो लागेपनि यस दिन भोल्यूम अर्थात कारोबार रकम भने घटेको छ। यस दिन बजारमा २०९ कम्पनीको ७० हजार ३३९ पटकको कारोबारमा ५ अर्ब ६९ करोड २३ लाख रुपैयाँ बराबरको १ करोड १८ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। गत सातासम्म दैनिक औषतमा करिब ८ अर्बको कारोबार भइरहेको बजारमा यस दिनको भोल्यूमलाई कम नै मानिएको छ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहका परिसूचकहरु बढेका छन्। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.३२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन होटल तथा पर्यटन, वित्त र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ४४ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन शिखर इन्स्योरेन्सको ३० करोडा रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

कारोबारमा आएको चन्द्रागिरी हिल्सको शेयरमूल्य यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ४१ रुपैयाँ बढेर ४५५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। त्यसैगरी, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.१२ प्रतिशत बढेको छ। यस दिन कुनै पनि कम्पनीको शेयरमूल्य २ प्रतिशतभन्दा बढी घटेको छैन।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।