आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

Mar 01, 2021 09:28 PM Merolagani



नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज फागुन १७ गतेको राति १२ बजे देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धनमा आन्तरिकतर्फ ५ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ २५ रुपैयाँ वृद्धि गरेको छ ।

त्यस अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११६ रुपैयाँ, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ र हवाई इन्धनतर्फ आन्तरिकतर्फ प्रतिलिटर ७२ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिलिटर ८९३ रुपैयाँ कायम भएको छ ।

यस अघि निगमले एक महिना नवित्दै माघ ५ गते र फागुन ४ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।