कुमारी इक्विटी फण्डमा आवेदन दिने म्याद थपियो

Mar 02, 2021 08:19 AM Merolagani



कुमारी क्यापिटलले फागुन १४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष कुमारी इक्विटी फण्डको इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ।

सो इकाईका लागि सर्वसाधारणले अब फागुन २८ गतेसम्म आवेदन दिन सक्नेछन्। मागभन्दा बढी इकाईका लागि आवेदन परेमा साे मितिभन्दा अगावै निष्काशन बन्द गर्न सक्ने क्यापिटलले जनाएकाे छ।

कुमारी क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो। यो १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो।

फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि ८० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

१० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन्।

कुमारी क्यापिटल कुमारी बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।