प्राइम कमर्शियलले सार्यो ऋणपत्रमा आवेदन दिने मिति

Mar 02, 2021 08:36 AM Merolagani



प्राइम कमर्शियल बैंक लिमिटेड (PCBL) ले फागुन १९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको भनिएको ऋणपत्रको निष्काशन मिति सारेको छ। ‘८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ नामक सो ऋणपत्रका लागि अब फागुन २८ गतेदेखि आवेदन दिन सकिनेछ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित मूल्यका ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल ऋणपत्रमध्ये २ अर्ब १० करोड रुपैयाँ बराबरको २१ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। बाँकी १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री गर्न लागेको हो।

सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

सो ऋणपत्रको अवधि ८ वर्षको रहेको छ। बैंकले वार्षिक ८.७५ प्रतिशतका दरले हरेक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गरिने बैंकले जनाएको छ।

ऋणपत्र निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई केयर एनपी सिंगल ए माइनस रेटिङ्ग प्रदान गरेको छ। सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने तथा न्यूनतम कर्जा जोखिम रहने संस्थाको रुपमा लिइन्छ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।