शेयर बजारमा टिकेन सुधार, नेप्से करिब ६० अंकले घट्दा दुई कम्पनीमा सकारात्मक सर्किट

Mar 02, 2021 03:30 PM Merolagani



गत सोमबार बजारमा देखिएको सुधार मंगलबार टिक्न सकेन। गत केहि दिनदेखि लगातार घट्दै आएको शेयर बजारमा सोमबार करिब ४१ अंकको सुधार देखिएको भए पनि मंगलबार त्यो सुधार टिक्न सकेन र नेप्से सूचक झण्डै ६० अंकले तल झरेको छ।

मंगलबार नेप्से सूचक ५९.७० अंकले घटेर २४५५.३३ विन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ९.८० अंकले घटेर ४४३ विन्दुमा झरेको छ।

यस दिन २०८ वटा कम्पनीको १ करोड ३१ लाख ६ हजार ७३८ कित्ता शेयर ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार ६६९ रुपैयाँमा खरिद बिक्री भएको छ।

 

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये व्यापार र होटल उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ वटा उपसमूहको सूचक घटेको छ।

घट्दो बजारमा मंगलबार साल्ट ट्रेडिङ कर्पोरेशन र चन्द्रागिरी हिल्सको शेयर भने सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ। त्यस्तै, हिमालयन पावर पार्टनरको शेयरमूल्य पनि ८ प्रतिशतभन्दा धेरैले बढेको छ।

मंगलबार नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य सबैभन्दा धेरै ७.३१ प्रतिशतले घटेको छ भने कर्णाली डेभलपमेन्ट बैंक र सिनर्जी पावरको पनि ६ प्रतिशतभन्दा धेरैले घटेको छ।

 

यस दिन कारोबारमा आएका कम्पनीहरुमध्ये १६९ वटा कम्पनीको शेयरमूल्य घटेकाे छ भने ६ वटा कम्पनीको मात्रै शेयरमूल्य बढेको छ।

यस दिन एशियन लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै २८ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २५ करोड ८७ लाख, नेपाल बैंकको २२ करोड ६९० लाख, शिखर इन्स्योरेन्सको २१ करोड ६९ लाख र कुमारी बैंकको २० करोड ४८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।