शेयर बजारमा टिकेन सुधार, नेप्से करिब ६० अंकले घट्दा दुई कम्पनीमा सकारात्मक सर्किट

Mar 02, 2021 03:30 PM Merolagani



गत सोमबार बजारमा देखिएको सुधार मंगलबार टिक्न सकेन। गत केहि दिनदेखि लगातार घट्दै आएको शेयर बजारमा सोमबार करिब ४१ अंकको सुधार देखिएको भए पनि मंगलबार त्यो सुधार टिक्न सकेन र नेप्से सूचक झण्डै ६० अंकले तल झरेको छ।

मंगलबार नेप्से सूचक ५९.७० अंकले घटेर २४५५.३३ विन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ९.८० अंकले घटेर ४४३ विन्दुमा झरेको छ।

यस दिन २०८ वटा कम्पनीको १ करोड ३१ लाख ६ हजार ७३८ कित्ता शेयर ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार ६६९ रुपैयाँमा खरिद बिक्री भएको छ।

 

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये व्यापार र होटल उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ वटा उपसमूहको सूचक घटेको छ।

घट्दो बजारमा मंगलबार साल्ट ट्रेडिङ कर्पोरेशन र चन्द्रागिरी हिल्सको शेयर भने सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ। त्यस्तै, हिमालयन पावर पार्टनरको शेयरमूल्य पनि ८ प्रतिशतभन्दा धेरैले बढेको छ।

मंगलबार नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य सबैभन्दा धेरै ७.३१ प्रतिशतले घटेको छ भने कर्णाली डेभलपमेन्ट बैंक र सिनर्जी पावरको पनि ६ प्रतिशतभन्दा धेरैले घटेको छ।

 

यस दिन कारोबारमा आएका कम्पनीहरुमध्ये १६९ वटा कम्पनीको शेयरमूल्य घटेकाे छ भने ६ वटा कम्पनीको मात्रै शेयरमूल्य बढेको छ।

यस दिन एशियन लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै २८ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २५ करोड ८७ लाख, नेपाल बैंकको २२ करोड ६९० लाख, शिखर इन्स्योरेन्सको २१ करोड ६९ लाख र कुमारी बैंकको २० करोड ४८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।