सुन बिक्री गरेर चाँदी खरिद गर्दा सुनको मूल्य ओरालो लाग्यो, ७ महिनामा नै तोलामा साढे १६ हजार घट्यो

Mar 02, 2021 04:48 PM Merolagani



सुन बिक्री गरेर चाँदी खरिद गर्न थाल्दा सुनको मूल्य ओरोलो लाग्न पुगेको छ । अमेरिकाले अत्याधिक चाँदी प्रयोग हुने योजना अगाडि सारेपछि सुन बिक्री गरेर चाँदी खरिद गर्न थाल्दा सुनको मूल्य ओरालो लाग्न थालेको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडनले अत्याधिक चाँदी प्रयोग हुने ‘ग्रीन भ्यालु प्रोजेक्ट’ योजना अघि बढाएपछि सुन बिक्री गरेर चाँदी खरिद गर्न पुग्दा सुनको मूल्य घटन पुगेको सुन चाँदी व्यवसायी माणिरत्न शाक्यले बताए । ‘अमेरिकाले अत्याधिक चाँदी प्रयोग हुने सोलर पावरको अवधारण ल्याएपछि सुन बिक्री गरेर चाँदी खरिद गर्न पुग्दा सुनको मूल्य घटेको हो,’ उनले भने, ‘अमेरिकी राष्ट्रपति जो बाइडनले प्रस्ताव गरेको नीतिका कारण सुनको मूल्य घटेको हो ।’

अमेरिकी नीतिले गर्दा विश्व बजारमा नै सुनको मूल्य दैनिक घट्दै गएको छ । अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १ हजार ७ सय डलर भन्दा माथि पुगेको थियो । ‘आज प्रतिऔस १ हजार ७ सय १५ डलर छ,’ व्यवसायी शाक्यले भने, ‘प्रतिऔंस १ हजार ७ सय सम्म आउने अनुमान गरिएको छ ।’
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ७ सयमा आइपुग्यो भने नेपाली बजारमा पनि प्रतितोला ८५ हजारमा आइपुग्ने उनको भनाइ छ । यसले गर्दा स्थानीय बजारमा पनि सुनको भाउ अझै घटन सक्ने देखिन्छ ।

यता, अमेरिकी डलर पनि बलियो बन्दै गएको छ । केही दिनयता डलरको भाउ पनि बढेको छ । ११६ रुपैयाँमा किनबेच भइरहेको डलरकाे भाउ बढेर ११८ रुपैयाँ पुग्न लागेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक डलर खरिदका लागि ११७ रुपैयाँ ३७ पैसा र बिक्रीका लागि ११७ रुपैयाँ ९७ पैसा तोकेको छ ।

अन्तराष्ट्रिय बजारमा डलरको भाउ बलियो हुँदा सुनको मूल्य घटने र सुनको मूल्य बढ्दा डलर कमजोर हुँदै जाने गर्छ । सुन र डलरको भाउको ठ्याक्कै उल्टो सम्बन्ध हुन्छ ।

कोरोना भाइरस संक्रमणका कारण डलर बिक्री गरेर सुन खरिद गर्न पुग्दा सुनको मूल्य उकालो लागेको थियो । तर अहिले सुन बिक्री गरेर डलर जम्मा गर्न खोज्दा पनि सुनको मूल्य घटेको व्यवसायीहरुको भनाइ छ । यसैगरी, चीन र अमेरिकाबीच व्यापार सम्बन्धि बिषयलाई लिएर ‘वाक युद्ध’ नै चलेको थियो । तर अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडन आएपछि चीनसँगको चिसिएको सम्बन्ध पुनः सुधार भएपछि सुनको भाउ घटन पुगेको पनि बताइन्छ ।

केही सयमअघि सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको थियो । गत साउन २३ गते सुनको मूल्यले नयाँ उचाइ छोएको थियो । उक्त दिन एक तोला सुन खरिद गर्नका लागि १ लाख ३ हजार ५ सय रुपैयाँ तिर्नु परेको थियो ।

तर अहिले (मंगलबार) एक तोला सुन किन्दा ८७ हजार तिरे मात्र पुग्छ । करिव सात महिनाको अबधिमा सुन तोलामा १६ हजार ५ सय रुपैयाँ घटेको छ । यसको अर्थ व्यवसायीले सात महिनामा नै तोलामा साढे १६ हजार गुमाउन पुगेका छन् ।

सुन सस्तो हुँदा उपभोक्तालाई भने फाइदा भएको छ । उपभोक्ताले सस्तो मूल्यमा सुन खरिद गर्न पाएका छन् ।

सुन सस्तो भएपछि बजारमा सुनको अभाव देखिन थालेको छ । व्यवसायीले पनि सुनको अभाव देखाउन थालेका छन् ।

सुन आयात गर्दै आएको नेपाल बैंकर्स संघसँग पनि स्टकमा सुन नभएको प्रतिक्रिया दिएको छ । यो साता १०० किलो सुन आउने संघको भनाइ छ ।

सरकारले दैनिक १० किलो मात्र सुन आयात गर्न दिएकाले पनि सुनको अभाव हुन पुगेको हो । अहिले बजारमा सुनको माग भने दैनिक ३० किलोको हाराहारीमा छ । माग भन्दा आयात कम भएकाले सुनको अभाव देखिएको व्यवसायीको भनाइ छ ।




९ बैंकको नाफा बढ्याे, जेठसम्म वाणिज्य बैंकको खुद नाफा झन्डै ५४ अर्ब

Jul 13, 2025 05:52 PM

चालु आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंकको खुद मुनाफा ५ प्रतिशतले घटेको छ । २० वटा वाणिज्य बैंकहरुले जेठ मसान्तसम्म ५३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ मात्रै खुद मुनाफा गरेका छन् जबकि गत वर्षको जेठ मसान्तसम्म बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा गरेका थिए ।