प्रभु बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

Mar 03, 2021 05:10 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु बैंक (PRVU) को बोनस शेयर सूचीकृत भएको छ । 

बुधबार बैंकको १ करोड ३ लाख १५ हजार ५०६.६४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । बैंकले शेयरधनीलाई वितरण गरेको उक्त बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो ।

शेयरधनीको डिम्याट खातामा आएपछि उक्त शेयर दोस्रो बजारमा कारोबार गर्न सकिने छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।