नेपाल हाइड्रो डेभलोपर्सको लाभांश घोषणा

Mar 07, 2021 10:43 AM Merolagani



नेपाल हाइड्रो डेभलोपर्स लिमिटेड (NHDL) ले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

फागुन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको ४ प्रतिशत बोनस शेयर समेत गरी १५ प्रतिशत लाभांश प्रस्ताव गरेको जनाएको छ।

सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले चैत १७ गते १२ औँ, १३ औँ र १४ औँ वार्षिक साधारण सभा डाकेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ३ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको सभामा सहभागिता जनाउनका साथै लाभांश प्राप्त गर्न सक्नेछन्।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।