नेपाल हाइड्रो डेभलोपर्सको लाभांश घोषणा

Mar 07, 2021 10:43 AM Merolagani



नेपाल हाइड्रो डेभलोपर्स लिमिटेड (NHDL) ले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

फागुन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको ४ प्रतिशत बोनस शेयर समेत गरी १५ प्रतिशत लाभांश प्रस्ताव गरेको जनाएको छ।

सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले चैत १७ गते १२ औँ, १३ औँ र १४ औँ वार्षिक साधारण सभा डाकेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ३ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको सभामा सहभागिता जनाउनका साथै लाभांश प्राप्त गर्न सक्नेछन्।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।