शेयर बजारमा निकै चर्चित नेपाल पुनर्बीमा कम्पनीको लगानी १७ अर्ब माथि, बाणिज्य बैंकको मुद्धती निक्षेपमा मात्रै ७६ प्रतिशत

Mar 07, 2021 02:04 PM Merolagani

बजारमा छाेटाे समयमा नै शेयर मूल्य उचाइमा पुगेर चर्चामा अाएकाे नेपाल पुनर्बीमा कम्पनी (NRIC) ले  १७ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेको बीमा समितिले जनाएकाे छ । समितिले उपलब्ध गराएकाे तथ्याङ्क अनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा विभिन्न क्षेत्रमा १७ अर्ब १९ करोड ५४ लाख रुपैयाँ लगानी गरेको हो ।

यस अवधिमा कम्पनीले नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा, वाणिज्य बैंकको मुद्धती निक्षेपमा, नेप्सेमा सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्रमा, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा लगानी गरेको छ ।

कम्पनीले सबैभन्दा धेरै क वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा १३ अर्ब ८ करोड ५० हजार रुपैयाँ लगानी गरेको छ । यो कम्पनीको कुल लगानी १७ अर्ब १९ करोड ५४ लाख रुपैयाँको ७६.०९ प्रतिशत हो ।

यस्तै कम्पनीले ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा एक अर्ब २३ करोड रुपैयाँ र ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा ७१ हजार रुपैयाँ लगानी गरेको छ ।

यसैगरी, कम्पनीले नेपाल सरकारको ऋणपत्रमा ३० करोड रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा एक अर्ब २२ करोड ६४ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्रधिकार शेयर र ऋणपत्रमा एक अर्ब ३५ करोड ३९ लाख रुपैयाँ लगानी गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।