कुमारी इक्विटी फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन

Mar 09, 2021 08:01 AM Merolagani



कुमारी क्यापिटलले फागुन १४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कुमारी इक्विटी फण्डको इकाईका लागि आवेदन दिने आज (फागुन २५ गते) अन्तिम दिन रहेको छ।

कुमारी क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्री खुला गरेको थियो। यो १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो।

फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि ८० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

१० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन्।

कुमारी क्यापिटल कुमारी बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।