५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Mar 10, 2021 09:16 AM Merolagani



फागुन २६ गते, बुधबार, नेप्सेमा सूचीकृत ५ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

आजसम्म नेप्सेमा कारोबार भइ कायम सबैको लघुवित्त, नेपाल दूरसञ्चार, स्वाबलम्बन लघुवित्त, सिर्जना फाइनान्स र महिला सहयात्रा लघुवित्तका शेयरधनीहरुले यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

यसमध्ये पहिलो ३ कम्पनीहरुले फागुन २८ गते बुकक्लोज गर्दैछन् भने बाँकी २ कम्पनीले चैत १ गते बुकक्लोज गर्दैछन्। फागुन २७ गते महाशिवरात्री, २८ गते शुक्रबार र २९ गते शनिबार बजार बन्द रहने हुनाले यी ५ कम्पनीहरुको लाभांश सुरक्षित गर्न आजसम्म शेयरधनी कायम हुनुपर्नेछ।

सबैको लघुवित्त (SABSL) ले १०.५० प्रतिशत बोनस शेयर र ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत १४ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ।

त्यसैगरी, नेपाल दूरसञ्चार (NTC) ले ४० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न चैत १३ गते १३ औँ वार्षिक साधारण सभा डाकेको छ।

स्वाबलम्बन लघुवित्त (SWBBL) ले चैत ११ गते १९ औँ वार्षिक साधारण सभामार्फत १९.००५६ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्दैछ। त्यस्तै, सिर्जना फाइनान्स (SFFIL) ले १३.३९ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न चैत १४ गते २० औँ वार्षिक साधारण सभा डाकेको छ।

चैत १८ गते आठौँ वार्षिक साधारण सभा डाकेको महिला सहयात्रा लघुवित्त (MSMBS) को १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत लाभांश सुरक्षित गर्न पनि आजसम्म शेयरधनी बन्नु पर्नेछ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।