५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Mar 10, 2021 09:16 AM Merolagani



फागुन २६ गते, बुधबार, नेप्सेमा सूचीकृत ५ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

आजसम्म नेप्सेमा कारोबार भइ कायम सबैको लघुवित्त, नेपाल दूरसञ्चार, स्वाबलम्बन लघुवित्त, सिर्जना फाइनान्स र महिला सहयात्रा लघुवित्तका शेयरधनीहरुले यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

यसमध्ये पहिलो ३ कम्पनीहरुले फागुन २८ गते बुकक्लोज गर्दैछन् भने बाँकी २ कम्पनीले चैत १ गते बुकक्लोज गर्दैछन्। फागुन २७ गते महाशिवरात्री, २८ गते शुक्रबार र २९ गते शनिबार बजार बन्द रहने हुनाले यी ५ कम्पनीहरुको लाभांश सुरक्षित गर्न आजसम्म शेयरधनी कायम हुनुपर्नेछ।

सबैको लघुवित्त (SABSL) ले १०.५० प्रतिशत बोनस शेयर र ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत १४ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ।

त्यसैगरी, नेपाल दूरसञ्चार (NTC) ले ४० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न चैत १३ गते १३ औँ वार्षिक साधारण सभा डाकेको छ।

स्वाबलम्बन लघुवित्त (SWBBL) ले चैत ११ गते १९ औँ वार्षिक साधारण सभामार्फत १९.००५६ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्दैछ। त्यस्तै, सिर्जना फाइनान्स (SFFIL) ले १३.३९ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न चैत १४ गते २० औँ वार्षिक साधारण सभा डाकेको छ।

चैत १८ गते आठौँ वार्षिक साधारण सभा डाकेको महिला सहयात्रा लघुवित्त (MSMBS) को १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत लाभांश सुरक्षित गर्न पनि आजसम्म शेयरधनी बन्नु पर्नेछ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।