सोमबार सुनको भाउ स्थिर रहँदा चाँदी भने बढ्याे

Mar 15, 2021 11:47 AM Merolagani



अघिल्लो दिन बढेको सुनको भाउ चैत २ गते, सोमबार सुनको भाउ स्थिर रहेको छ। यस दिन सुन आइतबारकै भाउमा खरिदबिक्री भइरहेकाे छ।

आज छापवाला सुन प्रतितोला ८६ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको भाउ प्रतिताेला ८६ हजार १५० रुपैयाँ तोकिएको छ। आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले वृद्धि भएर प्रतितोला आजकै मूल्यमा किनबेच भएको थियो।

सोमबार सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ वृद्धि भएको छ। यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार २७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

चैत महिनाको पहिलो दिन चाँदीको मूल्य स्थिर रहेर प्रतितोला एक हजार २७० रुपैयाँ तोकिएको महासंघको तथ्यांकले देखाउँछ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।