सोमबार सुनको भाउ स्थिर रहँदा चाँदी भने बढ्याे

Mar 15, 2021 11:47 AM Merolagani



अघिल्लो दिन बढेको सुनको भाउ चैत २ गते, सोमबार सुनको भाउ स्थिर रहेको छ। यस दिन सुन आइतबारकै भाउमा खरिदबिक्री भइरहेकाे छ।

आज छापवाला सुन प्रतितोला ८६ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको भाउ प्रतिताेला ८६ हजार १५० रुपैयाँ तोकिएको छ। आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले वृद्धि भएर प्रतितोला आजकै मूल्यमा किनबेच भएको थियो।

सोमबार सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ वृद्धि भएको छ। यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार २७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

चैत महिनाको पहिलो दिन चाँदीको मूल्य स्थिर रहेर प्रतितोला एक हजार २७० रुपैयाँ तोकिएको महासंघको तथ्यांकले देखाउँछ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।