नारायणीको लिलामी शेयरमा आजदेखि आवेदन दिन सकिने

Mar 16, 2021 08:04 AM Merolagani



नारायणी डेभलपमेन्ट बैंकको लिलामी शेयरमा आज (चैत ३ गते) देखि आवेदन दिन सकिने भएकाे छ।

बैंकले संस्थापक समूहको १५ हजार ९७४ कित्ता र सर्वसाधारण समूहको ६ हजार ५८३ कित्ता गरी कुल २२ हजार ५५७ कित्ता अवितरित हकप्रद शेयर लिलामी बिक्रीमा ल्याएको हो। सो शेयर खरिदका लागि चैत १० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ।

बैंकले माघ १३ गतेदेखि फागुन ३ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको हो। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। लिलामीमा आएको संस्थापक शेयर खरिदका लागि विद्यमान संस्थापकहरुले मात्र आवेदन दिन सक्नेछन् भने सर्वसाधारण शेयरका लागि जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन्।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। सो शेयर खरिदका लागि लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगंज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बाग्लुङ्ग, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन्।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।