नारायणीको लिलामी शेयरमा आजदेखि आवेदन दिन सकिने

Mar 16, 2021 08:04 AM Merolagani



नारायणी डेभलपमेन्ट बैंकको लिलामी शेयरमा आज (चैत ३ गते) देखि आवेदन दिन सकिने भएकाे छ।

बैंकले संस्थापक समूहको १५ हजार ९७४ कित्ता र सर्वसाधारण समूहको ६ हजार ५८३ कित्ता गरी कुल २२ हजार ५५७ कित्ता अवितरित हकप्रद शेयर लिलामी बिक्रीमा ल्याएको हो। सो शेयर खरिदका लागि चैत १० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ।

बैंकले माघ १३ गतेदेखि फागुन ३ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको हो। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। लिलामीमा आएको संस्थापक शेयर खरिदका लागि विद्यमान संस्थापकहरुले मात्र आवेदन दिन सक्नेछन् भने सर्वसाधारण शेयरका लागि जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन्।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। सो शेयर खरिदका लागि लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगंज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बाग्लुङ्ग, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन्।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।