विद्युत विकास विभागले खाेल्याे तल्लो इन्द्रावती जलविद्युतकाे आर्थिक प्रस्ताव, कसले पाउला लाइसेन्स?

Mar 16, 2021 05:31 PM Merolagani



विद्युत विकास विभागले चैत ३ गते मंगलबार तल्लो इन्द्रावती जलविद्युतको आयोजनाको बोलकबोलको आर्थिक प्रस्ताव खोलेको छ।

विद्युत विकास विभागले निजी क्षेत्रलाई विकास गर्न दिने गरी तल्लो इन्द्रावती जलविद्युतको बोलकबोल खुल्ला गरेको हाे। बिभागले माग गरेको बोलकबोलमा ४ कम्पनीले आवेदन दिएकोमा नेशनल हाइड्रोपावर,आरएम इन्भेष्टमेन्ट कम्पनी र वाइबा एण्ड लामा-अनिल मल्टि जेभि गरी तीन कम्पनी प्राविधिक रुपमा योग्य देखिएका थिए।

प्राविधिक रुपमा योग्य देखिएका कम्पनीहरुको मंगलबार बिहान ११ बजे आर्थिक प्रस्ताव खोलिएको थियो। विभागले केही दिनमा उक्त खोलिएको प्रस्तावको मूल्याँकन गरेर उत्कृष्ट एक कम्पनीलाई लाइसेन्स प्रदान गर्ने छ।

बिभागको इभ्यालुयसन कमिटिले आगामी १५ दिनभित्र उत्कृष्ट एक कम्पनीलाई आयोजनाको विकासको लागि लाइसेन्स दिने विभागका महानिर्देशक नविन राज सिंहले मेराे लगानीलाई बताए ।

विभागले तल्लो इन्द्रावती जलविद्युत आयोजना ४.५ मेगावटलाई खुल्ला प्रतिस्पर्धाकाे माध्यमबाट निजी क्षेत्रलाई विकास गर्न दिने प्रयोजनको लागि बोलपत्र माग गरेको थियो।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।