भारतमा काेराेना बढ्याे,नेपालमा पनि सतर्क तथा सावधान रहाैं: स्वास्थ्य मन्त्रालय

Mar 21, 2021 06:07 PM Merolagani



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमण रोकथामकालागि नेपालमा सतर्क तथा सावधान रहन आग्रह गरेको छ ।  कोभिड १९ को संक्रमण छिमेकी राष्ट्र तथा विश्वभर नै बढ्दो क्रममा रहेकाे भन्दै मन्त्रालयले आइतबार एक विज्ञप्तीमा मार्फत यस्तो सूचना जारी गरेको हो ।

मन्त्रालयले संक्रमण बढ्न राेक्नका लागि सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक तथा भीडभाड हुने व्यवसाय र कार्य नगर्न आग्रह गरेको छ ।

यसैगरी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सामाजिक वा भौतिक दुरी, मास्कको अनिवार्य प्रयोग गर्न र साबुन पानीले हात धुने वा सेनिटाईजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य मापदण्डहरु पालना गर्न अनुरोध गरेका छन् ।

आइतबार देशभरमा ७७ जना कोरोना संक्रमित थपिएका छन् भने १०६ जना कोरोना मुक्त भएका छन् । यस दिन कुनै संक्रमितको मृत्यु दर्ता गरिएको छैन ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।