सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा

Mar 25, 2021 10:31 AM Merolagani



सिद्धार्थ इन्स्योरेन्स लिमिटेड (SIL) ले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थ सहित ३.७८९४ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

इन्स्योरेन्सको चैत ११ गते बसेको सञ्चालक समितिको १७१ औँ बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ। १२ करोड रुपैयाँ बराबरको बोनस शेयर जारी गरेपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १२ करोड रुपैयाँ पुग्नेछ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।