सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा

Mar 25, 2021 10:31 AM Merolagani



सिद्धार्थ इन्स्योरेन्स लिमिटेड (SIL) ले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थ सहित ३.७८९४ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

इन्स्योरेन्सको चैत ११ गते बसेको सञ्चालक समितिको १७१ औँ बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ। १२ करोड रुपैयाँ बराबरको बोनस शेयर जारी गरेपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १२ करोड रुपैयाँ पुग्नेछ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।