साना किसानको अवितरित हकप्रद शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन

Mar 26, 2021 09:42 AM Merolagani



साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (SKBBL) ले फागुन २८ गतेदेखि शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत खरिद आह्वान गरेको अवितरित हकप्रद शेयर खरिदका लागि आवेदन दिने आज (चैत १३ गते) अन्तिम दिन रहेको छ।

लघुवित्तले २०७२ मंसिर २५ गतेदेखि पुस ३० गतेसम्म बिक्री खुल्ला गरि आवेदन माग गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर बोलकबोल प्रक्रिया मार्फत खरिद गर्न आह्वान गरेको थियो। लघुवित्तले संस्थापक समूहको ३ हजार ३६८ कित्ता र सर्वसाधारण समूहको ९ हजार ७४ कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको हो। संस्थापक समूहको शेयरका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। त्यसैले, लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ।

लघुवित्तको शेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै साना किसानको बिर्तामोड, इटहरी, अत्तरिया, बनेपा, नेपालगञ्ज, हेटौंडा, बुटवल, गजुरी, पोखरा, वीरेन्द्रनगर र बर्दिबास शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।