गत साता करिब ३ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Mar 29, 2021 07:44 AM Merolagani



गत साता नेप्से परिसूचक करिब ३ प्रतिशत बढेर बन्द भयो। अघिल्लो साता २४७५.०९ विन्दुमा बन्द भएको नेप्से, गत साता ७३.८७ अंक बढेर २५४८.९६ विन्दुमा बन्द भएको छ।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागे २६५० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा २४५० विन्दुमा टेवा पाउने देखिन्छ।

अघिल्लो सातासम्म २० दिने इएमएभन्दा तल रहेको नेप्सेको ५ दिने इएमए गत साता माथि पुगेको छ। गत साताको पहिलो कारोबार दिन नेप्सेको ५ दिने इएमए र २० दिने इएमएलाई तलबाट काटेर माथितिर लागेको हो। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन नेप्सेमा रातो मैनबत्ती बनेको छ। यसले सो दिन बजारमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

नेप्सेसँगै गत साता भोल्यूम पनि बढेको छ। गत साता नेप्सेमा दैनिक ५ अर्ब ९१ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यससँगै नेप्सेको २० दिने औषत भोल्यूम ५ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ। नेप्सेको २० दिने औषत भोल्यूमको तुलनमा दैनिक औषत भोल्यूम ८.२४ प्रतिशत बढी हो।

व्यापार उपसमूह

गत साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ८९९.१५ अंक बढ्यो। अघिल्लो साताको अन्तिम कारोबार दिन ३७१२.२४ विन्दुमा रहेको यस उपसमूहको परिसूचक गत साता २४.२२ प्रतिशत बढेर ४६११.३९ विन्दुमा पुगेको छ।

यस साता यस उपसमूहको परिसूचक उकालो लागेमा ५२०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा ३६०० विन्दुमा टेवा पाउने देखिन्छ।

यस उपसमूहको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी फराकिलो र बढ्दो क्रममा रहेको छ। यसले यस उपसमूहमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।