प्रति कित्ता १२० रूपैयाँमा रु रु जलविद्युतको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौं

Apr 02, 2021 07:50 AM Merolagani

रु रु जलविद्युत परियोजना लिमिटेड (RJPL) ले आज (चैत २० गते) देखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन ल्याएको छ। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशनमा ल्याएको हो।

त्यसमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। त्यसपछि बाँकि रहने ३ लाख ७९ हजार १६० कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ।

आईपीओमा कसरी दिने आवेदन?

कम्पनीले शेयरमा चैत २४ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा मागअनुसार आवेदन नपरे बैशाख ३ गतेसम्म म्याद थप हुनेछ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्तामा एनआईबिएलएस क्यापिटल रहेको छ।

मध्यम रुपमा सुरक्षित रहेको जनाउने रेटिङ्ग

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

इक्रा नेपालले परियोजनालाई २०७७ साउन १५ गते रेटिङ्ग प्रदान गरेको थियो। उक्त रेटिङ्गको अवधि जारी भएको मितिबाट एक वर्षसम्म रहनेछ।

कस्तो कम्पनी हो?

रु रु जलविद्युत परियोजना कम्पनी ऐन २०६३ अनुसार २०६२ चैत ९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेडको रुपमा दर्ता भई २०७२ साउन ७ गते पब्लिक लिमिटेडको रुपमा परिणत भएको हो।

कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौं महानगरपालिका - १, हात्तिसारमा रहेको छ भने आयाेजना गुल्मीको चन्द्रकोट गाँउपालिका र गुल्मी दरबार गाँउपालिकामा रहेको छ।

कम्पनीले गुल्मीको चन्द्रकोट गाँउपालिका वडा नं. ६ र ७ मा माथिल्लो हुग्दी खोला जलविद्युत आयोजना सञ्चालन गर्दैछ। रनअफ रिभरमा आधारित आयोजनाले २०७० चैत ९ गते देखिनै ५ मेगावाटको क्षमताको विद्युत उत्पादन गर्दै आईहरको छ।

कम्पनीले सञ्चालन गरेको आयोजना निर्माण सम्पन्न भएर उत्पादन समेत शुरु भइसकेकोले आईपीओ जारी गरेर संकलन भएको रकम कर्जा भुक्तानीमा प्रयोग हुने जनाएको छ।

तीन वर्षमा सञ्चित नाफा ११ करोड ६० लाख पुर्याउने

कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्ममा सञ्चित नाफा ११ करोड ६० लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ। गत आर्थिक २०७६/७७ सम्म कम्पनी सञ्चित मुनाफा ६ करोड १४ लाख रुपैयाँ रहेको थियो।

यस्तै चालु आर्थिक वर्ष २०७७/७८ मा ७ करोड ७० लाख रुपैयाँ, आर्थिक वर्ष २०७८/७९ मा ९ करोड ९७ लाख रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ।

यस्तै, आर्थिक वर्ष २०७९/८० सम्ममा प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ४७ पैसा र प्रतिशेयर आम्दानी १४ रुपैयाँ १ पैसा पुग्ने कम्पनीले प्रक्षेपण छ। चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ९० पैसा र प्रतिशेयर आम्दानी १४ रुपैयाँ ३६ पैसा हुने अनुमान छ।

आयोजनाको कुल लागत ७४ करोड ४५ लाख २१ हजार ९१० रुपैयाँ लागेको छ। आयोजनाको प्रतिमेगावाट उत्पादन लागत लगभग १५ करोड रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ५.२४ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ८.४२ वर्ष रहेको छ।

पूँजी संरचना

हाल कम्पनीको चुक्ता पूँजी ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ।

त्यस अनुसार कम्पनी शेयर स्वामित्व संस्थापक ८० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत कायम हुनेछ।

सञ्चालक समिति

कम्पनीको सञ्चालक समितिमा ७ जना रहने व्यवस्था रहेको छ। समितिमा संस्थापक शेयरधनीको तर्फबाट ५ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना र स्वतन्त्र सञ्चालकमा १ जना गरी ७ को सञ्चालक समिति रहने व्यवस्था छ।

कम्पनी सञ्चालक समितिको अध्यक्ष आशिष सुवेदी रहेका छन्। यस्तै समितिमा भरत प्रसाद नेपाल, मिन राज कडेंल, गमप्रसाद रेश्मी र चन्द्र बहादुर पुन रहेका छन्। हाल कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुबाट ५ जना मात्रै सदस्यहरु रहेका छन्।

आईपीओ निष्काशन गरेपछि सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना र स्वतन्त्र सञ्चालक चयन हुनेछन्।

भावी योजना तथा रणनीति

कम्पनीले आफ्नो व्यवसाय तथा सेवाको वृद्धिको लागि भावी योजना तथा रणनीति बनाएको छ। कम्पनीले नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्ने मुख्य उद्देश्य लिएको छ।

नयाँ जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन गरी अन्य जलविद्युत आयोजनाहरु समेत निर्माण गर्ने, सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेको जलश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्ने र सोलाई नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरी देशको जनताले हाल भोगिरहेको समस्यालाई केहि हदसम्म कम गर्न कम्पनी प्रतिबद्ध रहेको छ।

कम्पनीले आफ्नो उद्देश्य प्राप्तिका लागि व्यवसायिक रुपमा सम्भाव्य देखिएको जलविद्युत आयोजनाहरुमा समेत लगानी गर्ने रणनीति बनाएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।