आइएमई जनरल इन्स्योरेन्सले बाेनस पछि हकप्रद निष्काशन गर्ने प्रस्ताव सहित साधारण सभा बोलायो, चुक्ता पूँजी एक अर्ब ६२ करोड पुग्ने

Apr 03, 2021 11:11 AM Merolagani



आइएमई जनरल इन्स्योरेन्स (IGI) ले ७ प्रतिशत बाेनस पछि हकप्रद निष्काशन गर्ने विषेश प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले २०७८ बैशाख १२ गते विहान १० बजे केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा २३ औं वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनी सञ्चालक समितिबाट प्रस्ताव गरेको चुक्ता पूँजी एक अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३९ लाख ८६ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ । बोनस वितरण पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब १५ करोड ७६ लाख ६४ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनी उक्त बोनस शेयर वितरण गरेपछि कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्काशन गर्ने गर्ने प्रस्ताव गरेको छ । साधारण सभाबाट १ को अनुपालमा ०.४ को दरले हकप्रद जारी गर्न कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नेछ ।

बोनस पछि कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ६२ करोड ६ लाख ९० हजार रुपैयाँ पुग्नेछ र

यस्तै कम्पनीले शेयर संरचना पनि परिवर्तन गर्ने प्रस्ताव गरेको छ । हाल कायम संस्थापक शेयर स्वामित्व ६० बाट ५१ प्रतिशतमा घटाउने र सर्वसाधरणको शेयर स्वामित्व ४० बाट ४९ प्रतिशत पुर्याउने प्रस्ताव पनि पारित गर्दैछ ।

साधारण सभाले कम्पनीको स्वतन्त्र सञ्चालकको रुपमा कृष्ण प्रसाद शर्मालाई नियुक्त गरिएको निणर्यलाई अनुमोदन गर्नेछ ।

कम्पनीले लाभांश तथा साधरण सभा प्रयोजनको लागि २०७८ बैशाख १ गते देखि बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार २०७७ चैत ३१ ग्ते सम्म कायम शेयरधनीले कम्पनीको बोनस पाउनेछन् ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।