बेलायतकी सबैभन्दा धनी महिला जसले अनलाईन बेटिंगबाट पाउँछिन् ६४८ मिलियन डलर पारिश्रमिक

Apr 05, 2021 04:44 PM Merolagani

विश्वमा सबैभन्दा धेरै पारिश्रमिक पाउने सीईओको चर्चा गर्दा सर्वप्रथम अल्फाबेटका सीईओ सुन्दर पिचाईको नाम आउँदछ। यस्तै एलन मस्क, टिम कुक र सत्या नडेला जस्ता चिरपरिचित व्यक्तिहरु पनि यिनै सूचीमा पर्दछन्। तर, बेलायतकी एक महिला सीईओले सबैभन्दा धेरै पारिश्रमिक लिने यी सबै व्यक्तिहरुलाई पछि पारेकी छिन्।

अनलाईन बेटिंग प्लाटफर्म बेट ३६५ की संस्थापक डेनिस कोट्सले आर्थिक वर्ष २०२०मा चार हजार ६४० मिलियन डलर पारिश्रमिक पाएकी छिन्।

५३ वर्षकी कोट्स बेलायतकी सबैभन्दा धनी महिला पनि हुन् र अब उनी विश्वकै सबैभन्दा धेरै पारिश्रमिक पाउने सीइओको सूचीमा परेकी छिन्। ब्लूमबर्ग बिलियनेयर्स इण्डेक्सका अनुसार उनी पहिले नै विश्वका सबैभन्दा धनी ५०० व्यक्तिहरुमा परिसकेकी छिन्। पछिल्लो एक दशकमा कोट्सले १.५ बिलियन डलरभन्दा धेरै कमाएकी छिन्। करिब दुई दशक पहिले शुरु भएकाे बेट ३६५ लाई अनलाइन गेम बेटिंगका कारण फाइदा पुगेको छ। स्टाेक अन ट्रेन्ट कम्पनीको आम्दानी २०२० काे मार्च २९ सम्म करिब २.८ बिलियन पाउण्डस् रहेको छ। काेभिड महामारीका कारण यस वर्ष गत वर्षभन्दा ८ प्रतिशतले कमी देखिएकाे हाे। सञ्चालन मुनाफा १९४.७ मिलियन पाउण्डसकाे आधाभन्दा धेरै घटेकाे छ। काेट्सकाे पारिश्रमिक साे अवधिमा २७६.६ मिलियन पाउण्डसले वृद्धि भएकाे हाे।

शेफिल्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकपछि कोट्स उनका बुवाका जुवा पसलहरुको सानो चेनको अकाउण्टेण्ट बनेकी थिइन्। त्यसपछि उनी २२ वर्षको उमेरमा एमडी बनिन्। पसलहरुको संख्या बढाउनुका साथै उनले व्यापारलाई अनलाईनतर्फ मोड्ने पनि निर्णय गरिन्। स्टाेक सिटी फुटबल क्लबको स्वामित्त्वपनि उनीसँगै रहेकाे छ। ब्लूमबर्ग वेल्थ इन्डेक्समा समावेश भएका १७ बेलायती धनाढ्य व्यक्तिमा कोट्स एक मात्र महिला हुन् जुन सूचीमा भर्जिन ग्रुपका संस्थापक रिचर्ड ब्रेनसन र टोटेनहम हटस्पर फुटबल क्लबका मालिक जो लुई पनि पर्दछन्।

जुवाबाट आम्दानी, सुन्दर पिचाईभन्दा दोब्बर छ पारिश्रमिक

ब्लूमबर्गमा इन्डेक्सका अनुसार डेनिस कोट्सले करिब ४२१.२ मिलियन पाउण्ड प्राप्त गरेकी छिन्। अल्फाबेट वा गुगलका सीईओ सुन्दर पिचाईले २८१ मिलियन डलर पाउँथे। कोट्सले कोरोनासँग लड्नकालागि बेलायत सरकारलाई १० मिलियन पाउण्डस् भन्दा धेरै सहयोग गरेकी छिन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।