सांग्रिला डेभलपमेण्ट बैंकको ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

Apr 05, 2021 06:55 PM Merolagani



सांग्रिला डेभलपमेण्ट बैंकको (SADBL) ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको चैत २३ गते सम्पन्न भएको १६ औं वार्षिक साधारण सभाले सो निर्णय गरेको हो ।

साधारण सभाले बैंकको चुक्ता पूँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४०० रुपैयाँको ५ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनकालागि ०.२६३२ प्रतिशतले हुन आउने ६८ लाख ५९ हजार ५८० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

यसका साथै सभाले आर्थिक वर्ष ०७६ ७७ को वित्तिय विवरण र आ.व ७७ ७८ कोलागि लेखा परिक्षक नियुक्तीको प्रस्ताव पनि पारित गरेको छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।