सांग्रिला डेभलपमेण्ट बैंकको ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

Apr 05, 2021 06:55 PM Merolagani



सांग्रिला डेभलपमेण्ट बैंकको (SADBL) ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको चैत २३ गते सम्पन्न भएको १६ औं वार्षिक साधारण सभाले सो निर्णय गरेको हो ।

साधारण सभाले बैंकको चुक्ता पूँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४०० रुपैयाँको ५ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनकालागि ०.२६३२ प्रतिशतले हुन आउने ६८ लाख ५९ हजार ५८० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

यसका साथै सभाले आर्थिक वर्ष ०७६ ७७ को वित्तिय विवरण र आ.व ७७ ७८ कोलागि लेखा परिक्षक नियुक्तीको प्रस्ताव पनि पारित गरेको छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।