लाभांश घटेपछि साल्ट ट्रेडिङकाे शेयर मूल्यमा नकारात्मक सर्किट

Apr 06, 2021 11:27 AM Merolagani



साल्ट ट्रेडिङ कर्पाेरेशन (STC) ले गत आर्थिक वर्षको तुलनामा लाभांश घटाएपछि मंगलबार कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

मंगलबार बजार खुलेको केहि समयमा नै कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको छ। सोमबार १३ हजार १०२ रुपैयाँमा अन्तिम कारोबार भएको कम्पनीको शेयर मंगलबार १ हजार ३१० रुपैयाँले घटेर ११ हजार ७९२ रुपैयाँमा झरेको छ।

कम्पनीको सोमबार बसेको सञ्चालक सकितिको बैठकले शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

गत आर्थिक वर्षमा उसले २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद गरी कुल ३५ प्रतिशत लाभांश वितरण गरेको थियो।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।