लाभांश घटेपछि साल्ट ट्रेडिङकाे शेयर मूल्यमा नकारात्मक सर्किट

Apr 06, 2021 11:27 AM Merolagani



साल्ट ट्रेडिङ कर्पाेरेशन (STC) ले गत आर्थिक वर्षको तुलनामा लाभांश घटाएपछि मंगलबार कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

मंगलबार बजार खुलेको केहि समयमा नै कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको छ। सोमबार १३ हजार १०२ रुपैयाँमा अन्तिम कारोबार भएको कम्पनीको शेयर मंगलबार १ हजार ३१० रुपैयाँले घटेर ११ हजार ७९२ रुपैयाँमा झरेको छ।

कम्पनीको सोमबार बसेको सञ्चालक सकितिको बैठकले शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

गत आर्थिक वर्षमा उसले २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद गरी कुल ३५ प्रतिशत लाभांश वितरण गरेको थियो।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।