पासवर्ड कम्तीमा १० अक्षरको राख्नुस, यस्तो छ पासवर्ड सुरक्षित राख्ने दूरसञ्चार प्राधिकरणको टिप्स

Apr 06, 2021 03:35 PM Merolagani



पछिल्लो समय सामाजिक सञ्जाल ह्याक भएको चर्चा अत्याधिक चलिरहेको छ । समाजिक सञ्जाल ह्याक गरेर दुरुपयोग गर्ने क्रमपनि बढेको छ ।

एक हप्ता अघि मात्रै केही कलाकारहरुको फेसबुक ह्याक भयो । तर, अहिलसम्म दोषी पत्ता लाग्न सकेको छैन ।

त्यसैकारण समाजिक सञ्चालमा हुने दुरुपयोग अत्याधिक बढेको भन्दै नियामक दुरसञ्चार प्राधिकरणले सबैलाई ध्यानाकर्षण गराएको छ । दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षाका लागि सबैलाई आफ्ना पासवर्डहरु सुरक्षित राख्न आग्रह गरेको छ ।

प्राधिकरणले पासवर्ड सुरक्षित राख्नका लागि निम्न प्रकारको टिप्स दिएको छ ।

यस्ता छन टिप्स

पासवर्ड कम्तीमा १० अक्षरको राख्ने

पासवर्ड बनाउँदा क्यापिटल लेटर A-Z, स्मल लेटर a-z, अंक ०-९ तथा स्पेशल क्यारेक्टर (!,@,#,$,%,^,&,*,,+={}() आदि समावेश गर्ने

पासवर्ड र प्रयोगकर्ताको नाम (username) एउटै नराख्ने

पासवर्ड बनाउँदा शब्दकोषमा भएका शब्दहरुको प्रयोग नगर्ने

घर परिवार, साथीभाइ, आफन्त आदिको मोबाइल नम्बर, फोन नम्बर, जन्म मिति जस्ता सजिलै अनुमान गर्न सकिने पासवर्डहरु प्रयोग नगर्ने

एउटै पासवर्ड धेरैवटा डिजिटल एकाउन्टमा प्रयोग नगर्ने

पासवर्ड कम्तीमा पनि तीन तीन महिनामा परिवर्तन गर्ने

पहिले प्रयोग गरिसकेको पासवर्ड पुन प्रयोग नगर्ने

कुनै प्रणालीमा रहेको डिफल्ट पासवर्ड तुरुन्तै परिवर्तन गर्ने

पासवर्ड अरुलाई नबाँड्ने र सामाजिक सञ्जालमार्फत अरुसँग आदानप्रदान नगर्ने

आफ्नो डिजिटल एकाउन्टलाई सुरक्षित राख्न मल्टि फ्याक्टर अथेन्टिकेशन जस्तै (टू फ्याक्टर अथेन्टिकेशन-पासवर्डको साथै फिंगरप्रिन्ट, पिन कोड, मोबाइल नम्बर, ओटीपी, फेसियल आइडेन्टिटी) आदिको प्रयोग गर्ने 




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।