बैशाख २ गतेदेखि एकिकृत कारोबार शुरु गर्दै समता र घरेलु लघुवित्त

Apr 07, 2021 09:37 AM Merolagani



समता लघुवित्त वित्तीय संस्था लिमिटेड र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले बैशाख २ गतेदेखि एकिकृत कारोबार शुरु गर्ने भएको छ।

जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. २, सिमरा, बारा जिल्लामा रजिष्टर्ड कार्यालय रहेको ‘घ’ वर्गको समता लघुवित्त र बनेपा नगरपालिका वडा नं. ८ बनेपा, काभ्रेपलाञ्चोक जिल्लामा रजिष्टर्ड कार्यालय रहेको ‘घ’ वर्गको घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएपश्चात समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गर्न लागेका हुन्।

गत पुस १४ गते सम्पन्न यी दुबै लघुवित्तहरुको साधारण सभाले एक आपसमा गाभिने प्रस्ताव पारित गरेको थियो। मर्जरपश्चात बनेको समता घरेलु लघुवित्तको केन्द्रिय कार्यालय बनेपा नगरपालिका वडा नं. ८, काभ्रेपलाञ्चोकमा रहनेछ।

बैशाख २ गतेदेखि दुबै वित्तीय संस्थाको एकीकृत कारोबार शुरु गरिनेहुँदा डाटा माइग्रेशनका लागि चैत ३१ गतेका दिन दुबै वित्तीय संस्थाहरुले प्रदान गर्दै आइरहेको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द रहने बताइएको छ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।