प्रि ओपन सेसन अपडेटः २० अंक बढ्यो नेप्से

Apr 07, 2021 10:51 AM Merolagani



चैत २५ गते, बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २० अंक बढेको छ।

अघिल्लो कारोबार दिन १५.७२ अंक बढेर २६७४.४७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २०.०७ अंक बढेर २६९४.५४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ६.२४ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ५८ कम्पनीको १ करोड ५५ लाख ९९ हजार १७२ रुपैयाँ बराबरको ३५ हजार ८८६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४४ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ८ कम्पनीहरुको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।