चन्द्रागिरीको शेयरमूल्य २५ सय माथि पुग्यो

Apr 07, 2021 11:44 AM Merolagani



चन्द्रागिरीको शेयरमूल्य (CGH) २५०० रूपैयाँभन्दा माथि पुगेकाे छ। बुधबार बजार खुलेकाे केहि समयमा नै कम्पनीकाे शेयरमूल्य ७ प्रतिशतभन्दा धेरैले बढेर २ हजार ५०० रूपैयाँभन्दा माथि पुगेकाे हाे। 

दाेस्राे बजारमा काराेबार खुलेदेखि नै लगातार जसाे सकारात्मक सर्किट लागेर २०७९ रूपैयाँमा केहि समय अड्किएको कम्पनीको शेयरमूल्यमा पुनः लगातार सर्किट लेभलमा काराेबार हुन थालेको छ।

मंगलबार सकारात्मक सर्किट लेभलमा कारोबार भएको कम्पनीको शेयरमूल्य बुधबार पनि ७ प्रतिशतले बढेर कारोबार भइरको छ।

यस दिन बजार खुलेको केहि समयमा नै कम्पनीको शेयरमूल्य बढेर २ हजार ५७८ रुपैयाँसम्म पुगेको थियाे। यस अवधिमा कम्पनीको १३ हजार ४७० कित्ता शेयर कारोबार भएको छ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।