ज्योति लाइफको शेयरमा खरिदकर्ताको उच्च चाप, बिक्रीकर्ता भने शुन्य

Apr 07, 2021 11:49 AM Merolagani



ज्योति लाइफ इन्स्योरेन्स (JLI) को शेयरमा खरिदकर्ताको उच्च चाप देखिएको छ। कारोबार खुलेको पहिलो दिन बुधबार कम्पनीको शेयर खरिदको लागि अडर्र राख्नेको चाप उच्च देखिएको हो।

समाचार तयार पर्दासम्म मार्कट डेप्थमा १७ लाख १५ हजार ३१३ कित्ता शेयर माग गर्दै खरिदको लागि अडर्र राखिएको छ। तर बिक्रीकर्ता भने शुन्य रहेको छ।

बुधबार कम्पनीको पहिलो कारोबार ३६० रुपैयाँमा कारोबार खुलेको छ। अहिले कम्पनको शेयरमूल्य ३.८९ प्रतिशत अर्थात १४ रूपैयाँले बढेर प्रतिकित्ता ३७४ रुपैयाँमा कारोबार भएको छ।

फ्लोरसिट अनुसार कम्पनीको १५० कित्ता शेयर किनबेच भएर ५४ हजार ७७० रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।




सुनकाे मूल्यमा भारि गिरावट र चाँदीको मूल्य पनि घट्याे

Feb 13, 2026 11:11 AM

फागुन १ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा ३४० रुपैयाँले घटेको हो ।