अपर सोलु हाइड्रो आईपीओ निष्काशनको अनुमति माग्दै बोर्ड पुग्यो

Apr 07, 2021 12:22 PM Merolagani



अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनी सर्वसाधारणकाे लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ।

कम्पनीले चैत १६ गते आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले स्थानिय र आम सर्वसाधारणको लागि ३३ लाख ७ हजार ५०० कित्ता शेयर अर्थात ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको शेयर गर्न अनुमति माग्दै बोर्ड पुगेको हो।

कम्पनीले शेयर निष्काशन तथा बिक्रीकर्तामा एनएमबी क्यापिटल नियुक्त गरेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।