नेपाल लाइफको शेयर स्पिलिट गर्न परेको निवेदनमा समितिले अध्ययन गर्ने, रिपोर्टको आधारमा निर्णय हुने

Apr 07, 2021 04:37 PM Merolagani



नेपाल लाइफ इन्स्योरेनस्को शेयर स्पिलिट(टुक्राउने) विषयमा परेको निवेदनमा बिमा समितिले अध्ययन गर्ने भएको छ। उसले नेपालमा पहिलो पटक यस्तो किसिमको निवेदन आएको भन्दै त्यस विषयमा अध्ययन गर्नु पर्ने जनाएको छ।

"समितिमा यस अघि यस्तो किसिमको निवेदन परेको थिएन। यस्तो अभ्यास पनि गरिएको छैन। जसले गर्दा शेयर टुक्राउनु पर्ने विषयमा अध्ययन गर्न जरुरी देखियो। अध्ययनले देखाएको रिपोर्टको आधारमा समितिले निर्णय गर्छ"समिति अध्यक्ष सूर्य प्रसाद सिलवालले मेरो लगानीसँग भने।

समितिमा नेपाल लाइफको शेयर टुक्राउने व्यवस्था गरी पाउ भनी निवेदन दिएपछि समितिले उक्त विषयमा यस्तो प्रतिक्रिया दिएको हो। उसले दिएको निवेदन उपर समितिले अहिलेसम्म कम्पनीलाई भने कुनै प्रतिक्रिया दिएको छैन। शेयर टुक्राउन मिल्ने वा नमिल्ने भनेर समितिले भनेको छैन। समितिले अहिलेको परिस्थितिमा यस्तो अभ्यासले कस्तो असर गर्छ ? यो अभ्यास नेपालको सन्दर्भमा ठीक हुन्छ या हुँदैन ? यसले बिमा बजारमा कस्तो असर गर्छ ? कम्पनी र बिमकको पनि तर्फबाट हेर्ने गरी  अध्ययन गराउने तयारी रहेको सिलवालले बताए।

नेपाल लाइफले पछिल्लो समय प्रति कित्ता एक सय रुपैयाँ अंकितका शेयरलाई ५० रुपैयाँमा झार्न खोजेको छ। उसले आफ्नो साधारण सभामा उक्त विषयको प्रस्ताव पास गराउँदै कम्पनी रजिष्ट्रार कार्यालयमा समेत उक्त जनकारी दिएको छ।   




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।