सुनको भाउ तोलामै १ हजार रुपैयाँले बढ्यो, चाँदीको पनि वृद्धि

Apr 08, 2021 11:06 AM Merolagani



चैत २६ गते बिहीबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ। बिहीबार सुनसँगै चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यस दिन छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ भने तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अघिल्लो दिन बुधबार छापावाला सुन प्रतितोला ८८ हजार र तेजबी सुन प्रतितोला ८७ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

यता चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँ पुगेको छ। अघिल्लाे दिन चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।