सुनको भाउ तोलामै १ हजार रुपैयाँले बढ्यो, चाँदीको पनि वृद्धि

Apr 08, 2021 11:06 AM Merolagani



चैत २६ गते बिहीबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ। बिहीबार सुनसँगै चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यस दिन छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ भने तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अघिल्लो दिन बुधबार छापावाला सुन प्रतितोला ८८ हजार र तेजबी सुन प्रतितोला ८७ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

यता चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँ पुगेको छ। अघिल्लाे दिन चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।