पोखरा फाइनान्स लिमिटेडको कम्पनी विश्लेषण

Apr 10, 2021 07:09 PM Merolagani



यस साता फाइनान्स कम्पनीहरुमा लगानीकर्ताहरुको विशेष आकर्षण देखिएको छ। सोमध्ये पोखरा फाइनान्स लिमिटेड (PFL) को शेयरमूल्य गत साता रुपैयाँ बढेको छ।

 गत साता फाइनान्सको शेयरमूल्य ३१९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस अनुसार यस साता कम्पनीको शेयरमूल्य उकालो लागेमा ३६० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २८० रुपैयाँमा टेवा पाउने देखिन्छ।

पछिल्लो समय कम्पनीको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी फराकिलो हुँदै गएको छ। यसले बजारमा कम्पनीको शेयरमूल्यमा बाइङ्ग मोमेन्टम बलियो हुँदै गएको संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले हरियो मारुबोजु बनेको छ। यसले सो दिन बजारमा खरिदचाप बढी रहेको संकेत गर्दछ।

पछिल्लो समय कम्पनीको शेयरमूल्यसँगै भोल्यूम पनि बढेको छ। यस साता फाइनान्सको १ लाख ६ हजार ४६२ कित्ता शेयर खरिदबिक्री भएको छ। फाइनान्सको पछिल्लो २० दिने औषत भोल्यूम ३७ हजार २४८ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा यस साताको दैनिक औषत भोल्यूम १८५.८२ प्रतिशत बढी हो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा फाइनान्सले ९ करोड ६८ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले २ करोड ७१ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। फाइनान्सको खुद ब्याज आम्दानी बढेसँगै खराब कर्जा उठाउन सफल भएका कारण खुद नाफा बढ्न पुगेको हो। त्यसैगरी, फाइनान्सको वितरणयोग्य मुनाफा २ करोड ४१ लाख ९८ हजार रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ७ करोड ९८ लाख १८ हजार रुपैयाँबाट बढेर १३ करोड ७ लाख ६१ हजार रुपैयाँ पुगेको छ। त्यसैगरी, फाइनान्सको सञ्चालन मुनाफा ३ करोड ८७ लाख ४६ हजार रुपैयाँबाट बढेर १३ करोड ७२ लाख २१ हजार रुपैयाँ पुगेको छ।

सो अवधिसम्ममा फाइनान्सको प्रतिशेयर आम्दानी २० रुपैयाँ १२ पैसा रहेको छ। गत साताको अन्तिम कारोबार मूल्य अनुसार फाइनान्सको मूल्य आम्दानी अनुपात १५.८५ गुणा रहेको छ। फाइनान्सको बुकभ्यालु १४३ रुपैयाँ १५ पैसा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो २.२३ गुणा रहेको छ। फाइनान्सको आरओई १४.०५ प्रतिशत रहेको छ।

गत साताको अन्तिम कारोबार दिन फाइनान्सको आरएसआई ७३.५३ स्केल अर्थात ओभरबट जोनमा पुगेको छ। यसले फाइनान्सको शेयरमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेट गर्दछ।

प्राविधिक विश्लेषणका अन्य उपकरणहरुमा फाइनान्सको शेयरमूल्य बुलिश रहेको संकेत गर्दछ।

हाल नेप्सेमा फाइनान्सको ९६ लाख ३१ हजार ४५७.९० कित्ता शेयर सूचीकृत छ। गत बिहीबार फाइनान्सको शेयर ३१९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस अनुसार फाइनान्सको कुल बजार पूँजीकरण ३ अर्ब ७ करोड २४ लाख ३५ हजार ७० रुपैयाँ रहेको छ।

फाइनान्सको १८० दिने औषत मूल्य २२८ रुपैयाँ २८ पैसा रहेको छ। त्यसैगरी, फाइनान्सको ५२ हप्ताको उच्च मूल्य ३१९ रुपैयाँ रहेको छ भने न्यून मूल्य १४३ रुपैयाँ रहेको छ।

फियर एण्ड ग्रीड मिटरमा फाइनान्सको मूल्य अहिले एक्स्ट्रीम ग्रीड जोनमा रहेको छ। यसले फाइनान्सको शेयर खरिदबिक्री गर्न निकै विचार पुर्याउनु पर्ने संकेत गर्दछ।

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानी गर्नुपूर्व आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।