गत साता नयाँ अलटाइम हाइ बनाएको नेप्से, यस साता के होला?

Apr 11, 2021 08:35 AM Merolagani



गत साता नेप्सेले नयाँ अलटाइम हाइ बनाएको थियो। साताको तीन कारोबार दिन नेप्सेले एकपछि अर्को अलटाइम हाइ रेकर्ड बनाएको थियो।

यद्यपि, साताको अन्तिम कारोबार दिन भने नेप्से अलटाइम हाइभन्दा झिनो अंक तल बन्द भयो।

गत साता नेप्से परिसूचक १.६१ प्रतिशत अर्थात ४२.४६ अंक बढेर २६७४.३५ विन्दुमा बन्द भएको थियो। यस अनुसार यस साता नेप्से उकालो लागेमा २७५० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, नेप्से ओरालो लागेमा २५५० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता नेप्सेले बुलिश मैनबत्ती बनाएको छ। यसले बजारमा गत साता खरिदकर्ताहरुको बलियो उपस्थिती रहेको संकेत गर्दछ।

गत साता नेप्सेको ५ दिने इएमआई र २० दिने इमएमआई बीचको दूरी फराकिलो हुँदै गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

गत साता नेप्सेसँगै भोल्यूम पनि बढेको छ। गत साता नेप्सेमा दैनिक औषतमा कुल ७ अर्ब ५२ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ। यससँगै नेप्सेको २० दिने औषत भोल्यूम ५ अर्ब ७९ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम २९.७६ प्रतिशत बढी हो।

विकास बैंक उपसमूह

गत साता विकास बैंक उपसमूहको परिसूचक ३.७३ प्रतिशत बढेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन २६५६.३५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक गत साता ९९.१९ अंक बढेर २७५५.५४ विन्दुमा बन्द भएको हो।

यस अनुसार यस उपसमूहको परिसूचक उकालो लागेमा २८५० विन्दुमा प्रतिरोध सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा यस उपसमूहको परिसूचकले २६०० विन्दुमा टेवा पाउने देखिन्छ।
पछिल्लो समय यस उपसमूहको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी फराकिलो बन्दै गएको छ। यसले यस उपसमूहमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप विश्लेषण गर्नु आवश्यक छ।)




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।